– केपी अधिकारी, ललितपुर ।
कोरोना भाइरस ( कोविड-१९) ले आज विश्वलाई दोस्रो विश्व युद्ध पछिको ठुलो चुनौती दिइरहेको यस भयाबह अवस्थामा २०३ राष्ट्रका दशौँ लाख मानिसहरू प्रत्यक्ष रुपमा प्रभावित भएको, पचासौं हजार मानिसहरू हताहत भएको अनि मानव जीवनलाई नै कैदमा पारिरहेको यस अकल्पनीय महामारीको चपेटामा हामी सबै परिरहेका छौं । आफ्नो विकासले विश्वलाई सिंगारी रहेको मानवले आज नतमस्तक भएर एउटा कोरोना भाइरसको डर, त्रास अनि खतराको एवम् मृत्युको घन्टीलाई अनुभव गरे जस्तो गरी आफ्ना दैनिक चालचलन र व्यस्तताहरूलाई “यदि …भएमा पछि विचार गरौंला भनेर लक –डाउनमा बस्न बाध्य भएका छौं । हाम्रो योजना, दैनिकी, भविस्य, अनि समग्र देशको भाग्य, नेपालीको खुशी (विश्वको समेत) विकास, सम्बृद्धि, आधुनिकता अनि विज्ञानको चमत्कार सबै आज यो समयसम्म एम्बुसमा परेको अवस्था छ । हामी हाम्रो खुशीलाई खोज्न फेरी बाहिर कहिले जान पाइने हो प्रश्न अनुत्तरित नै छ । यो अवस्थाको जिम्मेवारी आजसम्म कहिँ कतै बाट लिएको देखिदैन, किनभने मानिसले आफ्नो योजनामा यो गरेको भए दोषीलाई भेट्न सकिने थियो तर यसमा त दोषी कोरोना भाइरस हो, जसलाई आज विश्व-सत्रु मानिन्छ तर कसैले चिन्न सकेको छैन र रातदिन विज्ञहरू खटिरहदा पनि उपचारको अर्थात् कोरोनालाई शान्त पार्ने औषधी बन्न सकेको छैन । तीन महिनामा दशौँ लाखलाई प्रभाव पार्न सक्ने यो ग्लोबल –सत्रुलाई हराउने चमत्कारिक औषधी त पत्ता लाग्ने नै छ । यो हामी सबै मानव जातिको तिब्र अपेक्षा हो ।
यस महामारीको अवस्थालाई न्यूनीकरण गर्ने अथवा रोकथामका उपायहरूको नियमन र लागु गर्ने, रोग निदान भएका मानिसहरूको तिब्र गतिमा उपचार र हेरचाह गर्ने र यसबारे समग्र मानवलाई सचेतीकरण गर्ने जस्ता कार्यक्रमहरू हाम्रो देशमा सञ्चालित छन् । सरकारले चीनको स्थितिलाई मध्यनजर गरी सिमा लक गर्ने, भिजिट नेपाल खारेज गर्ने, उडानहरूमा ख्याल गर्ने, जनतालाई सुसुचित गर्ने अनि विगत ११ दिनदेखि नै मुलुकमा लक-डाउन गर्ने, प्रदेश स्तरमा क्वारेन्टाईनको व्यवस्थापन गर्ने, जिल्ला स्तरमा समेत विरामी सर्च र तुरुन्तै उपचारमा ल्याउन पहल गर्ने, देशका अरु स्थानहरूमा पनि ल्याब स्थापना गर्ने, स्थानीय सरकारले टोल- टोलमा किटनाशक औषधी छर्कने, मास्क वितरण गर्ने जस्ता कार्यक्रमहरूको कदर गर्नै पर्दछ र संकटा-सन्न अवस्थामा सरकारले भर- मग्दुर प्रयास र तयारी पनि गरिरहेकोले अब यस प्रयासमा देशका सबै संघ, संस्था र धार्मिक अनुष्ठानहरूले पनि आफ्नो क्षेत्रबाट सेवा गर्ने पहल गर्नु र सरकारसंगै हातेमालो गर्नु अति आवश्यक छ ।
यस सन्त्रास र डर अनि विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाली चर्चले पनि सरकारलाई सहयोग गर्ने दायित्त्व वहन गर्नु पर्दछ । चर्चले मानिसहरूलाई सहयोग गर्दछ, दुखको बेला हेर्दछ अनि संकटको समयमा राहत दिन्छ भन्ने सत्यतालाई चरितार्थ गर्न र परमेश्वरको आज्ञालाई पालन गर्न तुरुन्तै प्रभावकारी राहत सेवा सञ्चालन गर्नु पर्दछ । किनभने हरेक चर्चका सदस्यहरूले आफ्नो आस्थाको केन्द्र चर्चलाई मान्दछन अनि पहिलो राहतको घर मान्दछन । परमेश्वरको वचनले पनि मण्डली अथवा चर्चलाई आदेश गरेको छ, जुन परमेश्वरको आज्ञा हो । मत्ती २५: ३५-४२मा स्पस्ट आज्ञा छ । नहुनेहरूलाई खान देउ, गरिबहरूलाई सहयोग गर, नाङ्गाहरूलाई लुगा देओ, विरामीलाई भेट गर, जेलमा हुनेहरूलाई गएर हेर, विधवा, टुहुरा –टुहुरीहरूलाई खुवाओ ।
विशेषगरी नेपालमा रहेका मेन लाइन चर्चहरू, सम्प्रदाय प्रदत्त संस्थाहरू, इसाई संघ -संस्थाहरू, चर्च समूहहरू लगायत सबै एक ठाउमा आएर देशका लागि केहि गर्ने र सरकारलाई सहयोग गर्ने , राहत प्याकेज तयार गरी तुरुन्त मानिसहरूको डर र त्रसित, अभावको समयमा दिन सकेमा चर्चको महत्व र यसको गरिमा पनि समग्र समाजले अनुभूति गर्ने थियो ।
यो समय भनेको कसले इसाइलाई के भन्यो , कसरीआलोचना गर्यो , मण्डलीलाई कसरी सातवट गर्यो भन्ने कुनै पनि बैरभाव राख्ने नभै परमेश्वरले दिनु भएको सेवा आदेशलाई पालना गर्दै नेपालमा चर्चको सेवाभाव उपस्थिति नै अहिलेको सबै भन्दा ठूलो आवश्यकता हो, यसलाई सम्बन्धित सबैले आत्मसाथ गरौँ भन्ने अनुरोध छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४