२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कोरोना भाइरस विरुद्ध सरकारको प्रयास बारे महासंघको पत्रकार सम्मेलनः धार्मिकस्थललाई अन्य सार्वजनिक स्थलसँग नराख्न माग

काठमाडौं, २०७६ चैत्र ८ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी विश्वभरि विकराल रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको आठौं बैठकले नागरिकको स्वास्थ्य संवेदनशीलताको लागि भन्दै आदेशसहितको १५ बुदेँ महत्वपूर्ण निर्णयमाथि केहि विमति राखेर भएपनि त्यसलाई पालना गर्न सम्पूर्ण ख्रीष्टियन समुदायलाई आह्वान गरेको छ ।

ख्रीष्टियन महासंघ नेपालले आज आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सि.वि. गहतराजले चर्च, मठमन्दिर, गुम्बा, मस्जिद जस्ता धार्मिक स्थललाई अन्य सार्वजनिक स्थलहरू साँस्कृतिक, सामाजिक कार्यहरू र पार्टी प्यालेस लगायतका ठाउँहरूसँग एकै नियम बनाइ २५ जना भन्दा बढी भेला नहुन गरेको आग्रहप्रति केहि विमति जनाउँदै धार्मिक अगुवासँग सरकारले विचार विमर्श नगरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकारले जे निर्णय गरेको छ, यस्तो विषम परिस्थितिमा हामी सरकारलाई सघाउँछौं भन्नु हुँदै सबै ख्रीष्टियन विश्वासीहरूलाई निरन्तर प्रार्थना गर्न अपिल पनि गर्नुभयो ।

उहाँले धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समृद्ध नेपालको परिकल्पना गर्दै विश्वभरि रहेका नेपाली भाषी मण्डलीहरूसँग सहकार्य गर्दै परमेश्वरको महिमाको निम्ति राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल निरन्तर क्रियाशील रहेको स्मरण गराउँदै सबै जना मिलेर यो विश्वब्यापी बिपद्को अन्त्यको लागि विशेष प्रार्थनाको अनुरोध सहित स्वस्थ र सुरक्षित रहन सबैमा अपिल गर्नुभएको छ । उहाँले आफ्नो मन्तब्य राख्ने क्रममा साँस्कृतिक, सामाजिक कार्यहरू, पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जना भन्दा बढी मानिसहरू भेला नहुन भनी गरेको आग्रहलाई ध्यानमा राखी नेपाली मण्डलीहरूले २५ जना भन्दा बढी भेला नहुने गरी साप्ताहिक आराधना सेवा, घरेलु संगति, उपवास प्रार्थनालाई स्थगित नगरी निरन्तरता दिन र २५ जना भन्दा बढी भेला हुन सक्ने अन्य कुनै पनि कार्यक्रम नगर्न महासंघले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष सि.वि गहतराजले विश्वभरि फैलिएको महामारी कोभिड १९ कोरोना भाइरसबाट बच्न र बचाउन ख्रीष्टियन समुदायले सरकारलाई सघाउन सदैव तयार रहेको बताउनुभयो । उहाँले ख्रीष्टियन समुदायले आफ्नो क्षेत्रमा सबै समुदायलाई कोरोना विरुद्धको जनचेतनामूलक सन्देश फैलाउन पनि आग्रह गर्नुभएको छ । यतिबेला देश संकटमा रहेको बताउँदै उहाँले हामी सबैले निरन्तर प्रार्थना गर्नुका साथ साथै आफूले सके जति सरकारको प्रयासलाई सहयोग गर्नु आफ्नो कर्तब्य ठानी सहयोग गर्न सम्पूर्ण ख्रीष्टियन समुदायलाई अनुरोध पनि गर्नुभएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...