२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

हामीमा कोरोना भाइरसको त्रास कि कालो बजारीको सन्त्रास ?

निराजन मोक्तान

सिंगो विश्व अहिले कोरोना भाइरसको त्रासमा रहेको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै यो महामारीको त्रास झनै बढेको हो । नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम मुलुकको सूचीमा विश्व स्वास्थ्य संगठनले दर्ज गरेको छ । यतिबेला नेपालमा दश, पन्ध्र रुपैयाँमा पाइने मास्कको बजारमा पूरै अभाव छ । मास्क लुकाएमा वा महँगोमा विक्री गरेको पाइएमा ११३७ मा फोन गर्न सरकारले जानकारी गराइसकेको छ । ठूलादेखि साना व्यापारिक मलहरूमा समेत अत्यावश्यक मानिएका सेनिटाइजर, मास्कको पूरै अभाव छ,  यतिबेला ।

सरकारले नागरिकलाई ढुक्क हुन आग्रह गरिरहेको छ तर ग्यास डिपोहरूमा अभावको अवस्था देखिन थालिसकेको छ । ग्यास पसल अगाडि नाकाबन्दीको जस्तै लामो लाइन देखा पर्न थालिसकेको छ । अस्पतालमा उस्तै भीड छ, मास्क छैन, औषधिको पनि अभाव हुने त्रास औषधि व्यवसायीले दिएको गुनासो पनि सुन्न थालिएको छ।

यदि महामारी साँच्चिकै नेपालमा भित्रिएछ भने के व्यापारी मात्रै बाच्लान् त ? के व्यापारीहरूलाई महामारीले समाउँदैन होला ? के व्यापारीको आत्मा हुँदैन ? व्यापारीलाई देश , जनता संकटमा पर्दा पनि पैसाकै लोभ लाग्ने कस्तो महाभाइरसको सिकार हुनुपर्ने ? व्यापारीले नाफा खान्छन्, व्यापार गर्ने भनेकै नाफा कमाउनको लागि हो, यो कुरा सबैलाई थाहा छ तर संकट बनाएर, अर्को नागरिकलाई यातना दिएर, कृत्रिम अभाव देखाएर, हिजो पाइने मूल्य भन्दा दुई गुणा बढी भाउ गरेर नाफा आर्जन गर्ने होइन नि ।

कोरोना भाइरसको त खोप बन्ला, औषधि बन्ला, विस्तारै निर्मूल होला तर संकटको दाउ छोपेर बसेका कालो बजारी भाइरसबाट कसरी जोगिने ? न यो भाइरसको खोप कहिल्यै बन्छ, न औषधि नै । संकट र विपदको दाउ हेरेर बसेका कालो बजारीको महामारीबाट आम नागरिक कहिले निको हुने ?

तस्विर साभार: काठमान्डू पोस्ट डट कम

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...