२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सुबास सुब्बाको मिडियाकर्मीसँग अन्तरक्रिया सम्पन्न: ख्रीष्टियन समुदायमा एकताको आब्हान

हरि जिज्ञासु, काठमाडौँ, २०७६ चैत्र २९ गते । ललितपुरको साम्पाङचोकस्थित एल् सादाई नेपालको सेवा हलमा सोहि चर्चका पास्टर सुबास सुब्बाले नेपाली ख्रीष्टियन मिडियाकर्मीहरूसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नेपाली ख्रीष्टियन समुदायमा एकताको अपरिहार्यता रहेको र एकताको लागि ख्रीष्टियन मिडियाकर्मी लगायत सबैले आ–आफ्नो ठाउँबाट प्रार्थनाका साथसाथै सक्रिय भूमिका खेल्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

आफ्नो मन्तब्य राख्ने क्रममा उहाँले नेपाली ख्रीष्टियन समुदायमा एकता हुनुपर्छ भन्ने आवाज उठ्दै आएतापनि त्यो सम्भव नदेखिएको यो समयमा ख्रीष्टियन मिडियाकर्मीहरूले भूमिका खेल्नु पर्ने बताउँदै त्यसका लागि आफू सहयोग गर्न सधै तयार रहेको बताउनुभयो । साथै उहाँले नेपाली ख्रीष्टियन युवाहरूभित्र रहेको बरदानलाई माथि उठाउनका लागि नेपाल ख्रीष्टियन आइडलको आयोजना गर्न आफूहरू जुटिरहेको जानकारी समेत गराउनुभएको थियो भने वर्तमान समयमा नेपाली ख्रीष्टियनहरूले भोगिरहेको चिहानको समस्यालाई सम्बोधन गर्न निकट दिनमा चिहानको लागि जग्गा खरिद गर्न लागेको पनि बताउनुभयो । साथै आफूले देशी विदेशी पाहुनाहरूको लागि बेथेल गेष्ट हाउस सञ्चालनमा ल्याएको समेत जानकारी गराउनुभएको थियो ।

सो कार्यक्रममा मार्था राईले पास्टर सुबास सुब्बाको परिचय र उहाँले गर्दै आउनुभएको सेवाका बारे प्रकाश पार्नुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा अधिवक्ता भविन्द्र राई, पास्टर तारा राई, पास्टर विरेन्द्र धनुषे, पत्रकार दिनेश श्रेष्ठ, पत्रकार विश्वास थापा लगायतले आफ्नो मन्तब्य राख्ने क्रममा नेपाली ख्रीष्टियन समुदायमा एकताको आवाज उठाउन थालेको वषौं बितेपनि हालसम्म एकतामा आउन नसकेकोमा दुःख व्यक्त गर्नुभएको थियो । उहाँहरूले ख्रीष्टियन समूदायमा एकता हुनुपर्छ र हामी एकताको लागि सधै तयार छौँ भनेता पनि बोलीअनुसार व्यवहारमा नदेखिएकोमा गुनासो व्यक्त गर्नुभएको थियो । अधिबक्ता भविन्द्र राईले राज्यले ख्रीष्टियन समुदायको लागि केही गर्न खोजेतापनि ख्रीष्टियन समुदायमा एकरुपता नभएकाले समस्या भएको बताउनुभयो ।

त्यसैगरी ख्रीष्टियन खबर अनलाइन तथा युवा दर्शन पत्रिकाका सञ्चालक पत्रकार दिनेश श्रेष्ठले अहिले पनि ख्रीष्टियन समुदायले आफ्नो हकहित र पहिचानको लागि संघर्ष गर्नु परिरहेको परिप्रेक्ष्यमा हाम्रो समुदायमा एकता आउन नसक्नु दुखद भएको बताउँदै एकतामा आउनका लागि सबैले ढोका खुल्लै छ मात्र भन्ने तर व्यवहारमा नदेखाउने समस्या रहेको कुरा औंल्याउनुभयो । कसैले पनि लोगो र इगो नत्यागिकन पनि उद्देश्य र आवश्यकता केन्द्रित एकता गरी सँगै हिड्न सकिने बताउँदै उहाँले आजको समयमा त्यस खालको एकता आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमको अन्तमा पास्टर सुबास सुब्बाले सञ्चालन गर्न लाग्नुभएको बेथानी गेष्ट हाउसमा सबै जना गएर गेष्ट हाउस सञ्चालनका लागि प्रार्थनामा सहभागी भई कार्यक्रम समापन गरिएको थियो ।

पास्टर सुबास सुब्बाले सञ्चालन गर्नुभएको उक्त गेष्ट हाउसमा देश तथा बिदेशबाट आउनुभएका पाहुनाहरूको लागि खाना तथा बस्नको लागि राम्रो व्यवस्थाका साथै पार्किङको लागि पनि राम्रो व्यवस्था रहेको उहाँले जानकारी गराउनु भएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...