२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कोरोना भाइसरबाट बच्न महासंघ, एनसिएस र एनसिएफको सबैलाई आब्हान

ललितपुर, २०७६ फागुन २६ गते । नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफएन), नेपाल ख्रीष्टियन समाज (एनसिएस)ले संयुक्त विज्ञप्ति निकालेर र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले छुट्टै विज्ञप्ति निकालेर विश्वभर फैलिरहेको नोबेल कोरोना (कोभिड-१९) भाइरसको प्रकोपबाट सुरक्षित रहन नेपालका सम्पूर्ण चर्चहरूका साथै सबै विश्वासी जनहरू लगायत सबैलाई आब्हान गरेको छ ।

एनसिएफ नेपाल र एनसिएसले गत मार्च ६ तारिखका दिन एक संयुक्त विज्ञप्ति जारी गरेर र आज महासंघले छुट्टै विज्ञप्ति निकालेर नेपालका सम्पूर्ण चर्च समुहका साथै ख्रीष्ट विश्वासी दाजुभाइ तथा दिदिबहिनीहरूमा सचेत र होसियार रहन अनुरोध गरेको हो । साथै यस विषम परिस्थितिमा सबैले परमेश्वरसँग प्रार्थना गर्न पनि आब्हान गरिएको छ ।

स्मरण रहोस् छिमेकी देश चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत डिसेम्बरबाट फैलिन सुरु भएको यो भाइरस अहिले संसारका १०० भन्दा बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म संसारभरि कोरोना भाइरस संक्रमणका कारण ४ हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ भने १ लाख १० हजार भन्दा बढीलाई संक्रमणको सिकार बनाइसकेको छ । यस विषम परिस्थितिमा नेपाल सरकारले ठूलो जमघट हुने कार्यक्रम नगर्न सबैलाई अनुरोध समेत गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...