२०८३ भदौ २०, शनिबार
2026 September 5, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एज्रा थियोलोजिकल सेमिनारीको दिक्षान्त समारोह सम्पन्न

भक्तपुर, २०७६ फागुन २४ गते । भक्तपुरको सूर्यविनायकस्थि रहेको एज्रा थियोलोजिकल सेमिनारीको दिक्षान्त समारोह हिजो मार्च ६ तारिखका दिन एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

पास्टर पासाङ तामाङले शुरुको प्रार्थना गरी शुरु भएको सो दिक्षान्त समारोहमा कोरियाबाट आउनुभएका डा. ह्युङ सुङ जुङले दिक्षान्तित विद्यार्थी लगायत सबैलाई चुनौतीपूर्ण वचन प्रचार गर्नुभएको थियो भने रेभ. डा. तेज बहादुर रोक्काले समर्पणको प्रार्थनामा अगुवाई गर्नुभएको थियो । त्यसैगरी उत्साहका केहि शब्दहरू क्रमशः विशप सुमन गौतम, रेभ तेज जिरेल, पास्टर राजु क्षेत्री, पास्टर शिवहरि भट्टराईले बोलर दिक्षान्तित विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुभएको थियो ।

त्यस समारोहलाई पास्टर रोहित ढकालले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो भने सो सेमिनारीका प्रिन्सिपल योगेन्द्र थापाले त्यस सेमिनारीको रिपोट पेस गर्नुभएको थियो भने दिक्षान्तित विद्यार्थीहरूले विशेष प्रस्तुति पनि दिएका थिए । र अन्तमा विशप इम्मानुएल लिमले अन्तिम प्रार्थना गरी सो दिक्षान्त समारोह समापन गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...