२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नगर पास्टर एशोसियसन हेटौंडाद्वारा अग्रज पास्टरहरूलाई सम्मान

हेटौँडा, मितिः २०७६ फागुन २१ गते । नगर पास्टर एशोसियसन हेटौँडाले आज एक कार्यक्रमको आयोजना गरी मकवानपुर जिल्लाको ख्रीष्टियन समुदायको लागि पहिलेदेखि नै योगदान पुर्याउँदै आउनु भएका ६ जना अग्रज पास्टरहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । सो कार्यक्रममा सम्मान पत्र सहित सम्मानित हुनेहरूमा रेभरेन्ट पास्टर मान बहादुर थिङ्ग, रेभरेन्ट पास्टर फुर बहादुर तितुङ्ग, रेभरेन्ट पास्टर सोनाम सिंह दोङ्ग, रेभरेन्ट पास्टर बाल कृष्ण राई, रेभरेन्ट भविकन प्रजा र रेभरेन्ट विष्णुराम प्रजा हुनुहुन्थ्यो । त्यस्तै मकवानपुरमा मण्डली विस्तारको अभियानमा मिडिया तथा पत्रकारिताको माध्यमबाट ख्रीष्टियन जगतको आवाजलाई बाहिर ल्याउन सहयोग पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य तथा हजुरको खबर डटकमका सञ्चालक रुपक कालिराजलाई समेत सम्मान गरिएको थियो ।

 

प्रमुख अतिथि तथा राष्ट्रिय ख्रीष्ट्रियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजले ख्रीष्टियनहरूले लोकतन्त्रको अनुभव गर्न नपाएको बताउनु हुँदै उहाँले ख्रीष्टियनहरूका कारण मुलुकमा कुनै बेफाइदा नपुगेको प्रति गम्भिर भएर सोच्न र सोही अनुसार व्यवहार गर्न राज्यको ध्यानाकर्षण गराउनु भयो । ख्रीष्टमस र इस्टर पर्वमा समेत विदा दिइनु पर्नेमा ख्रीष्टमसको विदाका सम्बन्धमा राज्यले ध्यान नदिएको देख्दा नेपाली ख्रीष्टियन समुदाय स्तब्ध भएको बताउनुभयो । यसतर्फ सरकार उदासिन भएको भन्दै सञ्चारकर्मीहरूले न्यायको पक्षमा कलम चलाउनको लागि आग्रह गर्नु भयो ।

सबै धर्म र धर्मावलम्बीहरूलाई समान व्यवहार र हक प्रदान गर्ने दायित्व राज्यको हो भन्नुहुँदै उहाँले अझ थप्नुभयो – यी सब लोकतान्त्रिक व्यवस्थाका मुल्य मान्यताभित्र पर्ने कुराहरू भएता पनि राज्यले ख्रीष्टियनहरूलाई विभेद गरेको समेत बताउनु भयो । उहाँले नेपाली ख्रीष्टियन समुदायका विषयमा बोल्दा सरकारले हेपाहा प्रवृत्ति दोहो¥याएको भन्दै सबै धार्मिक समुदायलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह समेत गर्नु भयो । उहाँले मकवानपुर जिल्लामा रहेर सेवकाइ गर्दै आउनु भएका पास्टरहरूलाई प्रेरणा पनि दिनुभएको थियो । राष्ट्रको लागि घुडाँ टेकेर प्रार्थाना गर्ने ख्रीष्टियनहरूलाई सरकारले समेत सम्मान गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष पास्टर रुपेश राईले मकवानपुर ख्रीष्टियन समुदायलाई देशकै नमुना ख्रीष्टियन सुमुदाय बनाउनका लागि आफू हरतवरले लागि पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख बक्ता पास्टर कुमार सुनाम अब्राहामले ख्रीष्टियनहरूमा क्षमा लिनु र दिनु आजको आवश्यकता रहेको बताउनु भयो ।

   

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य रुपक कालिराज, रेभरेन्ट पास्टर मान बहादुर थिङ्ग, राष्ट्रिय ख्रिष्टियन महासंघ मकवानपुरका जिल्ला अध्यक्ष रेभरेन्ट पास्टर मोम लामा, रेभरेन्ट पास्टर रामकृष्ण पन्त, पास्टर दिशान डिसी, रेभरेन्ट ऋषिराम आर्चाय लगायतले पनि मन्तव्य राख्नु भएको थियो ।

नगर पास्टर एशोसियसन हेटौँडाका अध्यक्ष रुपेश राईको सभाध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पास्टर निलकेतु लामाले शुरुको प्रार्थाना गर्न भएको थियो भने सञ्चालन मंगल देउलाले गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका अग्रज पास्टर, अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...