२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आस्थाका नायकहरूलाई एनसिएफ नेपालद्वारा सम्मान

धरान । गत फागुन ११ गतेका दिन एनसिएफ नेपालले आस्थाका जीवित शहिदहरूलाई धरान–४ स्थित विजय चर्चमा खादा र मायाको चिनो प्रदान गरी सम्मान गरेको छ ।

धरान–४, बसन्तटारस्थित विजय चर्चका बरिष्ठ पास्टर जब्बरध्वज राई लगायत २४ जनालाई बि.सं.२०३७, २०४१ र २०४६मा पक्राउ गरेर पञ्चायतकालिन शासकहरूले जेल चलान गरी अमानवीय कार्य गरेको थियो । उहाँहरूको दोष भनेको प्रभु येशु ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनि विश्वास गर्नु रहेको थियो । एउटै मण्डलीका यति धेरै संख्यामा जेल सजाय भोगेर पनि विश्वासलाई बचाई राख्ने विश्वासीहरूको कथा व्यथा थुप्रै रहेको बरिष्ठ पास्टर जब्बरध्वज राईले बताउनुभयो । त्यही कथा मध्येको एउटा कथा, बि.सं.२०४६ साल पौष ५ गते मण्डलीका जवानहरूसँग ख्रीष्टमसको क्यारोल खेल्न गएका नवबिवाहित जोडी कुमार राई र कुमारी राई लगायत १६ जना युवाहरूलाई प्रहरीले पक्राउ गरी धर्म परिवर्तनको झुठो मुद्दा लगाई तत्कालिन शासकले कारागार चलान गर्यो । कुमारी राई त्यो बेला गर्भवती अवस्थामा हुनुहुन्थ्यो । तापनि क्रुर पञ्चायती शासकहरूले मानवीयताको धज्जी उडाउँदै यातना दिएर उनको श्रीमानलाई धनकुटा कारागारमा र उनलाई विराटनगरस्थित महिला कारागारमा राखेको थियो । कैदी अवस्थामा नै कुमारीले एउटी सुन्दरी बालिकालाई जन्म दिनुभयो, जसको नाउँ सम्झना स्वरुप सम्झना राखिएको थियो । त्यो बेला सरकारले सुत्केरी खर्च स्वरुप ५ किलो घिऊ, मरमसला, तेल, मसिना चामल र कुखुराको भाले किन्न रु.५० दिएको कुमारीले बताउनुहुन्छ । म त्यो बेला घरमा रहेकी भए यस्तो उच्चकोटीको खाना पाउँदिन थिएँ कारण मेरो त्यो बेलाको आर्थिक स्थिति नाजुक थियो । सबै कुरा मिलाएर परमप्रभुले उहाँलाई प्रेम गर्नेहरूलाई भलाईमा नै परिणत गर्नुहुन्छ, आँसु झाँदै कुमारीले बताउनुभयो ।

यस्तै अर्को कथा रमेश राईले बताउनुभयो – त्यो बेला उनी मात्र १५ बर्षको किशोर अवस्थाका थिए । बुवा आमा ख्रीष्टियन भएको कारण आफू पनि क्यारोल खेल्न गएको तर प्रहरीले पक्रिहाल्यो किन पक्रेको हो भन्ने कारण पछि थाहा पाएँ । प्रहरीले दाई र दिदीहरूलाई यातना दिएको थाहा पाएपछि किशोर अवस्थाको रमेशलाई सह्य भएन । आखिर बाइबलमा त्यस्तो के रहेछ, जसको कारण यसरी यातना भोग्नु पर्ने ? त्यसपछि उहाँले बाइबल राम्रोसँग पढ्न थालेको बताउनुहुन्छ । रिहा भएपछि ईश्वरशास्त्र अध्ययन गर्न भारत गई बि. टि. एच. लेभलको पढाई समाप्त गर्नुभयो । हाल उहाँ मण्डलीको एल्डरको सेवकाइ र हार्ट एफ एमको स्टेशन मेनेजरको रुपमा कार्यरत रहेको बताउनुभयो । सबैले बिर्सेको बेलामा हामीलाई एन. सि. एफ. नेपालले बिर्सिएन गहभरी आँसु पार्दै बयोबृद्ध सप्तकुबिर राईले सम्मान कार्यक्रममा बताउनुभयो ।

सो सम्मान कार्यक्रममा एनसिएफ नेपालका अध्यक्ष रेभ. हनोक तामाङले आफ्नो मन्तब्य राख्ने क्रममा भन्नुभयो – तपाईंहरू जस्तो जिवित आस्थाका बन्दीहरूकै कारणले यो देशमा आशिष आएको हो, तपाईंहरू यो देशको अमुल्य सम्पत्ति हुनुहुन्छ । तपाईंहरू जस्तो आस्थाका नायकहरूलाई सम्मान गर्न पाउँदा हामी गौरावाञ्वित भएका छौं । तपाईंहरूलाई यातना दिने पञ्चायती शासन व्यवस्था नै नाश भयो तर परमेश्वरको वचन जिवित छ, जसको कारण हामी जस्तो दोस्रो पुस्ताका अगुवाहरूले तपाईंहरूको जीवनबाट जीवन पाएका छौं भनि एन.सि.एफ. नेपालका सहसचिव रेभ. हिमाल जोसेफ राईले सो सम्मान कार्यक्रममा बताउनुभयो । अर्का बक्ता एन. सि. एफ. नेपालका महासचिव पास्टर शेर बहादुर ए.सीले उत्साह स्वरुप आफ्नो कविता वाचन गर्नुभएको थियो । २०४६ सालमा पक्राउ परेका १६ जनालाई २०४७ सालको नयाँ संविधानको घोषणा संगै रिहाई भएका थिए भने अन्य विश्वासीहरूले छोटो अवधिमै रिहाई पाएका थिए ।

सो कार्यक्रममा अनुग्रह चर्च धरानका पास्टर पर्शु गुरुङ्गलाई पनि सम्मान गरिएको थियो भने इम्मानुएल कृपा चर्च धरानका रेभ. बीर बहादुर राईलाई उहाँकै निवासमा गई सम्मान गरिएको थियो । सो कार्यक्रममा एनसिएफ नेपालका उपाध्यक्ष रेभ.बीर बहादुर कार्कीले एन सि एफ नेपालको तर्फबाट आस्थाका बन्दीहरूलाई खादा सहित नगद उपहार प्रदान गर्नुभएको थियो । थाहा भएअनुसार एउटै मण्डलीका यति धेरै संख्यामा जेल नेल भोग्ने विस्वासीहरू नेपालमा एउटै रहेको छ, जुन ऐतिहासिक मण्डली विजय मण्डली, धरान –४ स्थित बसन्तटारमा रहेको छ ।

यसरी आस्थाका आधारमा जेल सजाय भोग्ने नायकहरूको नामावली यस प्रकार छ । एल्डर चन्द्र राई, वरिष्ठ पाष्टर जब्बर ध्वज राई, डिकन रण बहादुर राई, सप्तकुबिर राई, गणेश बहादुर राई, किर्तिमान राई, पास्टर चित्र राई, सहपास्टर धन बहादुर राई, एल्डर रमेश राई, कमल खत्री, ज्ञानु खत्री, धन कुमार राई, प्रकाश मगर, गोविन्द राई, कुमार राई, कुमारी राई, कमला राई, शुभवती राई, गोरी माया राई, रत्न कुमार राई, स्व. दिपा राई हुनुहुन्थ्यो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...