२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नमूना ख्रीष्टियन समुदायको १०औं साधारण सभा सम्पन्न, अध्यक्षमा पास्टर पदमनाथ पराजुली चयन

२०७६ माघ २२, ललितपुर । नमूना ख्रीष्टियन समुदायको १०औं साधारण सभा पास्टर पदमनाथ पराजुलीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति र निवर्तमान अध्यक्ष रेभ. पास्टर शमुएल सोदेम्बाको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति चयन गर्दै आज सम्पन्न भएको छ ।   ललितपुरको भैंसेपाटीस्थित एल बेथेल मण्डलीमा सम्पन्न समुदायको १० औँ वार्षिक साधारण सभाले धार्मिकता मण्डलीका पास्टर पदमनाथ पराजुली नमूना ख्रीष्टियन समुदायको अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । पास्टर पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो भने निवर्तमान अध्यक्ष रेभ. पास्टर शमुएल सोदेम्बाको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको हो । गत आइतबार गठित कार्यसमितिमा सहअध्यक्ष पास्टर शान्त श्रेष्ठ र उपाध्यक्षमा क्रमशः पास्टर किरण दास र पास्टर चन्द्रमान नेपाली हुनुहुन्छ । सचिवमा पास्टर सरोज मगराती र सहसचिवमा पास्टर उदय भाट चयन हुनुभएको छ । कोषाध्यक्षमा पास्टर भीम बज्राचार्य र सहकोषाध्यक्षमा के.पी. अधिकारी चयन हुनुभएको छ । अन्य सदस्यहरूमा पास्टर रमोद सुब्बा, पास्टर नरेन्द्र सुब्बा, पास्टर जिन पुनालुर, पास्टर एन्थोनी वाइवा, पास्टर लाजरस रसाइली, पास्टर अनुग्रहराज पौडेल, पास्टर काम पाइते, पास्टर आनन्द सिन्हा, पास्टर जोन योञ्जन, पास्टर आमोस तिवारी, पास्टर पावल बस्नेत, पास्टर सरोज क्षेत्री, अर्पना क्षेत्री, पास्टर मान नेपाली, पास्टर संगम के सी, अगुवा पुरुषोत्तम न्यौपाने र पास्टर असन राई चयन हुनुभएको छ । साथै पास्टर सरोज क्षेत्रीलाई जवान संगतिको अध्यक्ष र अर्पना क्षेत्रीलाई दिदीबहिनी संगतिको अध्यक्षको जिम्मेवारी दिइएको छ । साथै निवर्तमान अध्यक्ष पास्टर शमुएल सोदेम्बा संयोजक रहने गरी रेभ. सिमोन पाण्डे, रेभ.पास्टर प्रकाश सुब्बा, रेभ. पास्टर इन्द्र थापा, रेभ. पास्टर तेज जिरेल, रेभ. पास्टर फिलिप सुवेदी, रेभ. पास्टर मिनराज दुलाल, रेभ. पास्टर प्रेम सुब्बा सल्लाहकार समितिमा चयन हुनुभएको छ । सो साधारण सभामा रेभ. पास्टर प्रकाश सुब्बाले उत्साहपूर्ण परमेश्वरको वचन बाँड्नुभएको थियो । रेभ. पास्टर सिमोन पाण्डेले नयाँ कार्यसमिति र सल्लाहकार समितिको घोषणा गर्नुभएको थियो भने कार्यसमिति र सल्लाहकार समितिमा चयन भएकाहरूको निम्ति पास्टर तेज जिरेलले समर्पणको प्रस्थान गर्नुभएको थियो । कार्यक्रम समापन गर्दै निवर्तमान अध्यक्ष रेभ. सोदेम्बाले लामो प्रार्थना र छलफलपछि नयाँ कार्यसमिति गठन भएको छ, मैले जिम्मेवारी हस्तान्तरण गरिसकेको छु, यो हाम्रो साझा थलो भएकाले अझ सक्रिय भएर म सहायता गर्दै अघि बढ्नेछु भन्दै नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । अझ उहाँले हामी सबै जना इगोमा नभई प्रेममा अघि बढ्न जरुरी रहेको बताउनुभयो । स्मरण रहोस्, नमूना ख्रीष्टियन समुदाय ललितपुर जिल्लामा विशेषगरी भैंसेपाटी र आसपासमा रहेका मण्डलीहरूका साथ साथै ख्रीष्टियन संघ संस्थाहरूको प्रतिनिधित्व हुने गरी सुरु गरिएको साझा संगति हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...