२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

हामी साँच्चै विश्वासयोग्य छौँ त ?

रेणु वाईबा । “विश्वास” भन्ने बित्तिकै हामी सबैको लागि एउटा कौतुहलताको बिषय हो । “विश्वास” शब्द सुन्दा पनि अचम्म लाग्ने आफैमा अनौंठो प्रकारको अपरिभाषित शब्द हो । जसको बारेमा वास्तविक रुपमा यो नै हो भनि किटान गरेर भन्न सकिंदैन तर हामी सबैले बुझ्ने सरल अर्थमा भन्नुपर्दा कुनै दोस्रो व्यक्ति वा कुरामाथि आशा र भरोसा गर्नु हो । “विश्वास चाहिँ आशा राखिएको कुराको निश्चयता र नदेखिएका कुराहरूको दृढ भरोसा हो” (हिब्रु ११ः१) ।

हामी दैनिक रुपमा समाचार सुन्छौँ, हेर्छौँ, पत्रपत्रिका पढ्छौँ । ती घटनाहरू सुन्दा पढ्दा त हाम्रो सम्बन्धहरू यति कच्ची जस्तो लाग्छ । जहाँ विश्वास भनेको त एकादेशको कथा जस्तो मात्र छ । हाम्रो वरिपरि थुप्रै प्रत्यक्ष वा अप्रत्यक्ष देख्न पाइन्छ । सुरुमा हामी परिवारकै कुरा गरौं न । कतिपय आमा बुवाले आफूले भनेको, सोचेको काम कुराहरू आफ्नो छोराछोरीले गरिदियो भने मख्ख पर्दै मेरो छोराछोरी कति विश्वासयोग्य छ भन्दै हिड्नु हुन्छ । यदि सोचेको भन्दा विपरित भयो भने यस्ताहरूको के विश्वास गर्नु भन्दै हिड्नुहुन्छ । यही सवाल छोराछोरीमा पनि आउँछ तर सोच्ने व्यक्तिको भूमिका मात्र फरक हुन्छ । त्यस्तै साथीहरूको विचमा पनि यस्ता धेरै कुराहरू आउँछन्, जसले गर्दा सम्बन्धलाई नै तितो बनाइदिन्छ । तर एउटै प्रश्न यहाँ के उठ्छ भने, तपाईं र म चाहिँ के साँच्चै विश्वासयोग्य छौं त ??? पक्कै पनि यहाँ कोही व्यक्ति छैन, जसलाई हामी विश्वास गर्न सक्छौँ, न कसैले हामीलाई विश्वास गर्न सक्छन् । हामी युवाहरूको त झन के कुरा गर्नु सर्पले काँचुली फेरेझैँ कुरा फेर्छन् । जसलाई हामी सबैभन्दा बढी विश्वास गर्छौं । उसले हाम्रो विश्वास कतिखेर तोडिसकेको हुन्छ, हामीलाई पत्तै हुँदैन ।

हामी सबैलाई थाहा भएकै कुरा हो । सुरुमा आदम र हब्बाले परमेश्वरप्रतिको विश्वास तोडिदिए पछि उनीहरू अदनको बगैँचाबाट निस्कनु परेको थियो तर पनि परमेश्वरले उनीहरूबाट उहाँको सन्तान हुने अधिकार भने खोस्नु भएन । किनभने परमेश्वर सधैं आफ्नो सन्तान आफैसँग रहोस् भन्ने चाहनुहुन्थ्यो । त्यहि तोडिएको सम्बन्धलाई जोड्नका लागि आफ्नै पुत्र येशु ख्रीष्टलाई यस संसारमा पठाउनु भयो । तपाईंलाई लाग्न सक्छ, त्यो सम्बन्धलाई कसरी जोड्न सकिन्छ ? यदि तपाईं र म ख्रीष्टमा समर्पित भएर विश्वासयोग्य जीवन जिउँछौं भने हाम्रो लागि असम्भव कुरा केहि पनि छैन । परमेश्वरले उहाँमाथि भरोसा राख्ने हामी प्रत्येकलाई आफ्नो सन्तान हुने अधिकार दिनुभएको छ । “यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रो प्रभु येशु ख्रीष्टद्वारा परमश्वरसँग हाम्रो मिलाप भएको छ ।” (रोमी ५ः१)

हामीलाई थाहै छ । यदि हामीले कसैको विश्वासलाई तोड्छौं भने त्यस विश्वासलाई पुर्नजीवित पार्नको लागि धेरै समय लाग्न सक्छ तर तपाईं त्यो विश्वास पुन पाउन चाहनुहुन्छ भने ख्रीष्टमा विश्वासयोग्य भएर जिउनु पर्दछ । ख्रीष्टप्रतिको भरोसाले गर्दा हाम्रा सम्बन्धहरूमा पनि सुधार आउँदै जान्छ । तसर्थ हामीहरूले एक आपसमा भएको गल्तीहरू स्वीकार्दै आफ्नो हृदयदेखि नै ख्रीष्टमा भरोसाका साथ विश्वासयोग्य जीवन जिउँदै, ख्रीष्टको असल साक्षी बन्दै अगाडि बढ्दै जानुपर्छ । परमेश्वरका साथै हामी एकअर्कामा विश्वासयोग्य भई हामीले पूरा गर्नु पर्ने दायित्वलाई निभायौं भने एकअर्कामा हामी आशिषित हुनेछौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...