२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको महिला विभागको ख्रीष्टमस शुभकामना आदान प्रदान सम्पन्न

काठमाडौं, पौष २०७६ पुस ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर्गत महिला विभागले हिजो आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


महासंघका बरिष्ठ सहअध्यक्ष रेभ.डा. फिलेमोन खड्का क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपत्यकाका विभिन्न मण्डलीका पास्टर, अगवाहरूका साथै दिदीबहिनी संगतिका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा महासंघका सह–अध्यक्ष रिता थापा काबोले परमेश्वरको वचनबाट उत्साह दिनुका साथै वडादिन अर्थात ख्रीष्टमसको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अतिथिको रुपमा उपस्थित महासंघका उपमहासचिव तथा प्रवक्ता रेभ. उद्धव चिमोरिया, अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको अध्यक्ष निलकण्ठ पौडेल, बरिष्ठ समाजसेवी उर्मिला डंगोल, महासंघका सल्लाहकार शोभा स्थापित, लगायतले समारोहमा ख्रीष्टमसको शुभकामना मन्तब्य राख्नुभएको थियो ।


सो अवसरमा केन्द्रिय महिला विभागले आयस्तर कमजोर भएका महिलाहरूलाई जाडोबाट जोगिन केही न्यानो कपडा समेत वितरण गरेको थियो । विभागकी अध्यक्ष डोमा राईले सबैलाई धन्यवादका साथै शुभकामना दिनु भई कार्यक्रम समापन भएको थियो । वरिष्ठ पास्टर जर्न राईले अन्तिम तथा आशीर्वादको प्रार्थना पश्चात् कार्यक्रम समापन भएको थियो । त्यस कार्यक्रमलाई महासंघकी केन्द्रिय सदस्य चित्ररेखा ओझाले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो ।


महिला विभागले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषी मण्डली परिवार लगायत अन्य सबैमा ख्रीष्टमस २०७६ तथा नयाँ वर्ष २०२० को हार्दिक शुभकामना व्यक्त गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...