२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

संयुक्त इसाई गोठालोले ख्रीष्टमस मनायो

काठमाडौं, २०७६ पुस ७ गते । काठमाडौंमा रहेको पास्टरहरूको संगति संयुक्त इसाई गोठालो संगतिले गत मंसिर २८ गते तदानुसार १४ डिसेम्बरका दिन भब्य एक ख्रीष्टमस तथा नयाँ वर्ष २०२० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी मनाएको छ ।


बुढानिकण्ठ नगरपालिकाका मेयर श्री उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रम संगीतमय समेत बनेको थियो । सो अवसरमा एनसिएफ नेपालका अध्यक्ष रेभ. हनोक तामाङले ख्रीष्टमस सम्बन्धी वचन प्रचार गर्नुभएको थियो भने बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले ख्रीष्टमसको शुभकामना मन्तब्य राख्नुभएको थियो । साथै रेभ. डा. सरिता थापा, रेभ. शामुएल कार्थक, एफएनसिएनका सहअध्यक्ष रेभ.रीता काबो, एनसिएसका महासचिव पा. डिल्लीराम पौडेल, रेभ.डा. तेज बहादुर रोक्का, मानवअधिकारकर्मी श्री खगेन्द्र ओली लगायतकाहरूले ख्रीष्टमस तथा नयाँ वर्ष २०२० को अवसरमा आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो ।


रेभ. डा. जोमेश ओडले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अन्त्यमा यस गोठालो संगतिका अध्यक्ष रेभ. कुमार गुरुङले प्रमुख तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने यस कार्यक्रमका संयोजक रेभ. सोनाम टि. काबोले सबै सहभागीहरूलाई धन्यवादको मन्तब्य राख्नुभएको थियो । अन्तिम प्रार्थना पश्चात् सकिएको सो कार्यक्रममा संयुक्त इसाई गोठालो संगति अन्तर्गतका चर्चहरूले विभिन्न ख्रीष्टमस गीत, नृत्य लगायत प्रस्तुत गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...