२०८३ भदौ २०, शनिबार
2026 September 5, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

“अल्पसंख्यक धार्मिक समुदायको अधिकार तथा समानताको हक” विषयक गोष्ठी सम्पन्न

२०७६ मंसिर २६ गते, काठमाडौँ । ख्रीष्टमस तथा नयाँ वर्ष २०२० को उपलक्ष्यमा नेपाल ख्रीष्टियन समाजद्वारा केहि दिन पहिले होटल हिमालयमा आयोजित शुभकामना आदान–प्रदान तथा “अल्पसंख्यक धार्मिक समुदायको अधिकार तथा समानताको हक” विषयक गोष्ठीमा ख्रीष्टियन समुदायका अगुवाहरूले मुलुकमा समानता, न्याय, शान्ति र समृद्धिका निम्ति सबैमा ऐक्यबद्धताको खाँचो रहेको बताउनु भएको छ ।


ख्रीष्टियन समुदायका अगुवाहरूले सबै समुदायको अधिकारलाई संविधानमा समावेश गरेकोले संविधान संशोधन गरेरै भएपनि आफ्नो समुदायको अधिकार सुनिश्चित गर्नु पर्ने माग गर्नुभएको थियो । सो अवसरमा संघीय सांसद अतहर कमाल मुसलमानले अब ख्रीष्टियन समुदायले आफनो अधिकारका लागि एकजुट हुनुपर्ने विचार राख्नुभयो । आफ्नो विचार राख्ने क्रममा उहाँले भन्नुभयो, जब धार्मिक समुदायका अधिकारहरू सुनिश्चित हुन्छ तब मात्र देश समृद्धितिर अघि बढ्छ । अर्का वक्ता वरिष्ठ अधिवक्ता गोविन्द वन्दीले संविधानले ख्रीष्टियनहरूको धार्मिक क्रियाकलापमा घुमाउरो तरिकाले अंकुश लगाएको बताउँदै देशभर ख्रीष्टियन समुदायलाई धर्म परिवर्तनको आरोपमा धरपकड गर्नु मानव अधिकारका विरुद्ध भएको बताउनुभयो ।


नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष सूर्य बहादुर बल तामाङ, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष जोसेफ श्रेष्ठ र केन्द्रिय सदस्य तथा धार्मिक विभागका संयोजक मानवअधिकारकर्मी टंक सुवेदी लगायतले नेपालको संविधानले ख्रीष्टियनहरूमाथि विभेद गरेको भन्दै गुनासो गर्नुभयो । संविधानको धारा २६ को उपधारा ३ ले ख्रीष्टियन समुदायलाई विभेद गरेको उहाँहरुले बताउनुभयो । सो अवसरमा समाजका सचिव मुकुन्द शर्मा र वी.पि. खनालले तयार पार्नुभएको प्रतिवेदन पनि पेश गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...