२०८१ पुस २७, शनिबार
2025 January 11, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आफ्ना सद्भावदूतहरूको शिखर सम्मेलन ऐतिहासिक भएको महासंघको दाबी


२०७६ मंसिर ३ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना विश्वब्यापी सद्भावदूतहरूको हालै सम्पन्न भएको शिखर सम्मेलन नेपाली ख्रीष्टियन जगतमै पहिलो तथा ऐतिहासिक भएको दाबी गरेको छ ।


महासंघको प्रवासी तथा गैह्र आवसीय समन्वय विभागको आयोजनामा गत नोभेम्वर ८ देखि ११ सम्म हङ्कङ्मा सम्पन्न भएको विश्वब्यापी सद्भावदूतहरूको शिखर सम्मेलनका बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सि.वि. गहतराजले यस्तो दाबी गर्नुभएको हो । उहाँले विभिन्न पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा महासंघ नेपाली ख्रीष्टियन समुदायको हकहितको लागि संगठित भएको बताउनु हुँदै नेपाली स्वभिमानी ख्रीष्टियनहरूले शीर ठाडो गरेर हिड्ने वातावरण नबनेसम्म आवाज बुलुन्द पारिरहने बताउनु भयो । महासंघले नेपाली स्वभिमानी ख्रीष्टियनहरूको हकहित र अधिकार स्थापित गरेर नै छोड्ने दाबी समेत गर्नुभयो । विश्वभर छरिएर रहेका नेपाली भाषी ख्रीष्टियनहरू एक भएर यो देशका स्वभिमानी ख्रीष्टियनहरूको हकहितका निम्ति आवाज उठाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिंदै महासंघले आफ्ना विश्वब्यापी सद्भावदूतहरूको शिखर सम्मेलन पहिलोपल्ट ऐतिहासिक रुपमा सम्पन्न गरेको र यस शिखर सम्मेलनले नेपाली ख्रीष्टियन इतिहासमा दुरगामी प्रभाव पार्ने समेत बताउनु भयो ।


सो पत्रकार सम्मेलनको कार्यक्रमको सञ्चालन उप–महासचिव पा.धनराज घिमिरले गर्नुभएको थियो भने अर्का उपमहासचिव एवम् प्रबक्ता रेभ.उद्धव चिमोरियाले प्रेस विज्ञप्ति पढेर सुनाउनुभएको थियो । सो अवसरमा महासंघका अध्यक्ष सि.वि.गहतराजले कार्यक्रममा सम्पूर्णलाई धन्यवाद दिंदै ख्रीष्टमसको दिन सार्वजनिक बिदाका लागि महासंघले दिलोज्यान दिएर यथासम्भव प्रयास गर्ने कुरा पनि बताउनुभएको थियो । अन्तमा समापनको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...