२०८३ कार्तिक ५, बुधबार
2026 October 21, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

(एपी) मसिहा पार्टीका अध्यक्ष भरत गिरीले पास्टरीय पद छोडे

२०७६ कार्तिक १५ गते, काठमाडौं । आमूल परिवर्तन (एपी) मसिहा पार्टीका अध्यक्ष भरत गिरीले आफ्नो पास्टरीय पद छोडेर राजनीतिमा पूर्णरुपले समर्पित हुनका लागि हिजो एक समारोहकाबिच एक अभिषेक कार्यक्रम सम्पन्न भएको छ ।


विगत १५ वर्षदेखि काठमाडौंको जोरपाटीस्थित नेपाल जागृति चर्चको पास्टरका रुपमा सेवाका कार्यरत पास्टर भरत गिरीले सोहि चर्चको पन्ध्रौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपस्थित पास्टर अगुवाहरूको सामू आफूलाई पछिल्लो समय परमेश्वरबाट देशको पूर्णकालिन सेवाको लागि बोलावट पाएको कारण चर्चको पास्टरीय पदबाट राजीनामा दिएर पूर्णकालिन रुपमा देशको सेवामा लाग्ने आफूले प्रण गरेकोले सबै जनाको साथ, सहयोग र प्रार्थनाको अपेक्षा राखेको कुरा सो समारोहमा बताउनुभएको थियो । उहाँले आफ्ना कुरा राख्नुभएलगत्तै प्रमुख अतिथि रेभ. सिमोन पाण्डे, अन्य अतिथिहरू रेभ. दिलीप क्षेत्री, नेपाल राष्ट्रिय मण्डली एलायन्सका महासचिव पास्टर शेर एसी, नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष पास्टर शमूृएल कार्थक, राष्ट्रिय ख्रीष्टयन महासंघ नेपालका सहअध्यक्ष रेभ. फिलेमोन क्षेत्री लगायत उपस्थित पास्टर अगुवाहरूमार्फत समर्पणको प्रार्थना गरिएको थियो ।


स्थानीय चर्चका पास्टर भरत गिरीले पास्टरीय पद छोडेर पूर्णकालिन राजनीतिमा होमिएका कारण सो समारोहमा सोहि मण्डलीको पास्टरका रुपमा ध्रूवराज गिरी र सम्बन्ध रानी गिरीलाई पास्टर पदमा र गोपाल गिरी र भावना गिरीलाई डिकन पदमा अभिषेक गरिएको थियो ।


भरत गिरीलाई राजनीतिज्ञको रुपमा र अन्यलाई पास्टर तथा डिकनको रुपमा अभिषेक कार्यक्रम लगत्तै सो समारोहमा नेपाल राष्ट्रिय मण्डली एलायन्सका महासचिव पास्टर शेर एसी, नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष पास्टर शमूृएल कार्थक, राष्ट्रिय ख्रीष्टयन महासंघ नेपालका सहअध्यक्ष रेभ. फिलेमोन क्षेत्री र अधिवक्ता कैलाश शसाङ्करले शुभकामना मन्तब्य दिनुभएको थियो ।


साथै एपि मसिहा पार्टीका अध्यक्ष भरत गिरीलाई २६ वर्षदेखि ख्रीष्टियन समुदायमा सेवा पुरयाउनु भएकोमा साथै नेपाल जागृति चर्चमा विगत १५ वर्षदेखि पास्टरीयको सेवा गर्नु भएको र राजनीतिक क्षेत्रबाट देशमा पुरयाउनु भएको योगदानको कदर गर्दै नेपाल जागृति चर्चको प्रमाणपत्रमा नेपाल ख्रीष्टिय समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल र नेपाल राष्ट्रिय मण्डली अलायन्सका पदाधिकारीहरूको हस्ताक्षर रहेको पत्र समेत प्रदान गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...