२०७६ असार २२ गते, काठमाडौं । धर्म प्रचारको अभियोगमा पक्राउ परेका नेपाली नागरिक हिरा सिङ सुनार र अमेरिकी नागरिक ब्राड्ली नाभरोलाई गत असार १८ गतेका दिन साधारण तारिखमा रिहा गरिएको समाचार प्राप्त भएको छ ।
निजहरूलाई क्रिश्चियन धर्म प्रचार गरिरहेको छ भनि कसैले दिएको उजुरीका आधारमा गत असार ६ गते शुक्रबारका दिन बर्दिया जिल्लाको अस्नेरी भन्ने ठाउँबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै इलाका प्रहरी कार्यालयले अनुसन्धानको लागि भनेर थुनामा राखेको थियो । लगाइएको आरोपहरू सत्य ठहरिन नसक्दा निजहरूलाई साधारण तारिखमा छाडिएको खवर प्राप्त भएको छ ।