२०७६ असार २० गते, काठमाडौं । नेपाली भाषाका आदि पत्रकार पादरी गंगा प्रसाद प्रधानको १६८औं जन्मजयन्तीको अवसर पारेर अन्तराष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया सञ्जाल नेपाल च्याप्टरको आयोजनामा ललितपुरको कुमारीपाटीस्थित क्वाइनोनिया पाटन चर्चमा एक समारोहको आयोजना गरी जन्म स्मृति दिवस मनाइएको छ । सो अवसरमा मकवानपुरको हेटौंडामा रहेर दर्शन ज्योति मासिक पत्रिका प्रकाशन गर्नुहुने स्वर्गीय पत्रकार प्रशान्त देवलाई मरणोपरान्त सम्मान समेत गरिएको थियो ।
पास्टर अब्दियल मुखियाद्वारा शुरुको प्रार्थना गरी शुरु भएको यस कार्यक्रममा विभिन्न वक्ताहरूले पादरी गंगा प्रसाद प्रधानको योगदानको चर्चा गर्दै अब हामीले आफ्नो तर्फबाट नेपाली ख्रीष्टियन समुदायको हितको लागि भूमिका खेल्नुपर्ने समय आएको बताउनुभएको थियो । यसरी आफ्नो धारणा राख्नुहुनेमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराज, नवगठित राष्ट्रिय चर्च महागुठ्ठी नेपालका अध्यक्ष रेभ. प्रकाश सुब्बा, एनसिएफ नेपालका महासचिव पास्टर शेर ए.सी., नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेल, नमूना ख्रीष्टियन समुदायका अध्यक्ष पास्टर शामुएल सोदेम्बा, क्यान नेपालका अध्यक्ष तथा पादरी प्रधानका सन्तती पास्टर नागेन्द्र कुमार प्रधान लगायत हुनुहुन्थ्यो ।
सो अवसारमा नारायण खड्काले पादरी गंगा प्रसाद प्रधान र उहाँले सो समयमा पु¥याउनु भएको योगदानका बारे तयार पार्नु भएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पत्रकार समय कुमार रम्तेलले हेटौंडामा रहेर नेपाली ख्रीष्टियन पत्रकारिताको क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका स्वर्गीय पत्रकार प्रशान्त देव र उहाँले गर्नुभएको कार्यहरूका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएको सो कार्यपत्र लगत्तै सञ्जालका महासचिव दिनेश श्रेष्ठको अगुवाईमा स्वर्गीय प्रशान्त देवलाई उहाँले नेपाली ख्रीष्टियन पत्रकारिताको क्षेत्रमा दिनुभएको योगदानको सम्मान स्वरुप रु.२०,०००÷– रकम सहित सम्मान पत्र पास्टर डा. मंगलमान महर्जनको हातबाट उहाँको परिवारलाई प्रदान गरिएको थियो ।
यस सञ्जालका कोषाध्यक्ष प्रकाश विसुन्केद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा विनोद मगरको अगुवाईमा उहाँको टिमले आराधनामा अगुवाई गर्नुभएको थियो भने पादरी गंगा प्रसाद प्रधानद्वार रचना गरिएको प्रभु अर्जी सुनिलेऊ, गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ भन्ने गीत गाएर सुनाइएको थियो । सञ्जालका उपाध्यक्ष कुमार सिंह बिष्टले सहभागी सबैलाई स्वागत गर्नुहुँदै सञ्जाल र आयोजित कार्यक्रमका बारे स्पष्ट पार्नुहुँदै कार्यक्रमको विषयमा प्रवेश गराउनु भएको थियो भने अर्का उपाध्यक्ष विश्वास थापाले कार्यक्रमको अन्तमा आमन्त्रित सबैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा पास्टर डा. मंगलमान महर्जनले अहिलेको समय मिडियाको समय भएकोले ख्रीष्टियन मिडियाकर्मीहरूले आफ्नो वरदान अनुसार समाज र देशमा साक्षी दिनुपर्ने आवश्यकता रहेको कुरामा स्पष्ट पार्नुहुँदै अन्तिम प्रार्थना गर्नु भएलगत्तै कार्यक्रम समापन भएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४