ललितपुर, जेठ २७ । लेखक तथा पास्टर लाजरस थुलुङद्वारा लिखित २०औं पुस्तक “आशाको ऋतु” ललितपुरस्थित ज्योति ग्रेट कमिसन फेलोसिपमा गत शनिवारका दिन एक समारोहकाबिच लोकार्पण गरिएको छ ।
सो पुस्तक लोकार्पण समारोहमा विभिन्न व्यक्तित्वहरूले यस पुस्तकको सान्दर्भिकताका बारेमा बताउनुभएको थियो । पास्टर राजु सुन्दासले अहिले मानिसहरूलाई आशाको खाँचो छ र त्यो आशा सबैले खोजी रहेका छन् तर त्यो आशाको श्रोत परमेश्वरमा छ भन्ने कुरा यस पुस्तकले स्पष्ट पारेको छ भनेर स्पष्ट पार्नुभएको थियो भने अर्का वक्ता रुवेन राईले अहिलेसम्म नेपाली ख्रीष्टियन लेखकले लेखेको पुस्तक बढी बिक्री लेखक लाजरस थुलुङद्वारा लिखित पुस्तक भएको बताउनु हुँदै यो आशाको ऋतु पुस्तक पनि सबैका लागि हो भनेर बताउनुभएको थियो ।
सो पुस्तक लोकार्पण कार्यक्रममा लोकार्पणको प्रार्थना पास्टर चन्द्र श्रेष्ठले गर्नुभएको थियो । लेखक थुलुङले हालै लोकापर्ण भएको पुस्तक आशाको ऋृतुको परिचय दिनुहुँदै बाइबलबाट रोमीको पुस्तकमा आधारित आशाको विषयमा केन्द्रित रहेर यो पुस्तक लेखिएको जानकारी गराउनुभएको थियो । वर्तमान समय आशालाई छर्ने समय भएकोले पुस्तकको नाम नै आशाको ऋृतु राखिएको कुरा उहाँले सो समारोहमा बताउनु भएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४