२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

दाङबाट पक्राउ परेकाहरूलाई यथासक्य छिट्टो र निशर्त रिहा गर्न महासंघको माग

२०७६ बैशाख ११ गते, काठमाडौं । हिजो दाङको घोराहीस्थित एक होटलबाट धर्म प्रचारको अभियोगमा पक्राउ गरिएका नेपाल ख्रीष्टियन समाजका महासचिव तथा पास्टर डिल्लीराम पौडेल लगायत सबैलाई यथासक्य छिट्टो र निशर्त रिहा गर्न नेपाल सरकारलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज एक विज्ञप्ति निकालेर माग गरेको छ ।
आज प्रकाशित सो विज्ञप्तिमा सो घटनाप्रति गम्भिर ध्यानार्कषण भएको बताउँदै विना कारण र विना पुर्जी पक्राउ गर्ने कार्य गर्नु कानुनी राज्यको खिलाफमा भएको जनाउँदै नेपालको विद्यमान संविधानले सबैलाई आफ्नो धर्ममा आस्था राख्न र अभ्यास गर्न दिइएको अधिकार खण्डित भएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।
महासंघले पक्राउ गरिएका सबैलाई विना शर्त तुरुन्त रिहा गर्न र सो मुद्धा खारेज गर्न जोडदार माग समेत गरेको छ । साथै सम्पूर्ण पास्टर, अगुवा लगायत ख्रीष्ट विश्वासी दाजुभाई तथा दिदी बहिनीका साथै सम्पूर्ण चर्चहरूलाई विशेष सुरक्षा प्रदान गरियोस् भन्ने माग समेत विज्ञप्ति मार्फत गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...