ललितपुर, मितिः २०७६ बैशाख ७ गते । गुड फ्राइडे र पुनरुत्थानको उत्सव इस्टर सण्डेको अवसर पारी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज ललितपुरको जावलाखेलस्थित करुणा कफि सपमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सो पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सि.वि. गहतराजले इस्टर सण्डेको शुभकामना दिनुहँदै नेपाली ख्रीष्टियनहरूमा जटिल परिस्थिति आएको छ, सबै नेपाली मण्डलीहरू एक हुनु पर्ने बेला आएको छ । अबको नेपाली मण्डलीको भविष्य हामी बिचको एकतामा नै रहेको छ भन्नुहुँदै अब महासंघले एकताको लागि पहल गर्नेछ भन्नुभयो । पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिने क्रममा हामी नेपाली मण्डलीहरू एक भएर भोलि हुने कार्यक्रम संयुक्त रुपमा मनाइने भएको भए हामी टुडिखेलमा पुनरुत्थानको महोत्सव मनाउन सक्ने थियौं भन्नुहुँदै त्यसको व्यवस्थापनको जिम्मा महासंघले पाएको भए त्यो भूमिका निर्वाह गर्ने थियो भन्नुभयो । सो अवसरमा भोलि विहान काठमाडौंको पाँच ठाउँमा हुने सभा तथा ¥यालीमा महासंघसँग आवद्ध भएका मण्डलीहरूको सक्रिय सहभागिता रहने पनि उहाँले बताउनु भएको छ ।
सो अवसरमा महासंघका बरिष्ठ सहअध्यक्ष डा. फिलेमोन क्षेत्रीले र महासंघका युरोपका सद्भावदुत डा. डम्बर अधिकारीले इस्टरको शुभकामना मन्तब्य राख्नुभएको थियो भने उपमहासचिव तथा प्रवक्ता पा. उद्धव चिमौरियाले शुभकामना विज्ञप्ति पढेर सुनाउनुभएको थियो । अर्का उपमहासचिव धनराज घिमिरेले सञ्चालन गर्नुभएको सो पत्रकार सम्मेलनमा शुरुको प्रार्थना रेभ. रिञ्जी लामाले गर्नुभएको थियो भने अन्तिम प्रार्थना पास्टर पूर्ण रसाइलीले गर्नुभएको थियो ।
स्मरण रहोस् राष्ट्रिय ख्रीष्टियन महासंघले भोलि इस्टरको दिन दिउँसो १ बजे काठकाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सरकारका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, लगायतको सहभागितामा इस्टरको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दैछ । सो कार्यक्रममा उपत्यकामा रहेका मण्डलीका पास्टर तथा अगुवा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सहभागिताको लागि अनुरोध गरेको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४