२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मिसन नेपाल बाइबल कलेजको एक बर्षीय डीटिएचको दिक्षान्त समारोह सम्पन्न

मिति २०७५ चैत्र १७ गते, लम्की, कैलाली । मिसन नेपाल बाइबल कलेजको एक बर्षीय डीटिएच अर्थात Diploma in Theology गत मिति २०७५ चैत्र पन्ध्र गतेका दिन कैलालीको लम्की चुहास्थित होटेल मुन वुन भिलामा सम्पन्न भएको छ ।

त्यस एक बर्षीय बाइबल कलेजबाट विभिन्न ठाउँ र भिन्न भिन्न चर्चबाट गरेर जम्मा एघार जना प्रशिक्षार्थीले दिक्षान्त प्राप्त गर्नु भएको हो । सो दिक्षान्तित कार्यक्रममा हल्लेलुयाह चर्चका पास्टर धनिराम चौधरीको सुरुवातको प्रार्थना सहित सुरु भएको थियो । जसमा प्रमुख अतिथिको रुपमा मिसन इण्डिया बाइबल कलेज महाराष्ट्रका एसोसिएट डाईरेक्टर पास्टर विपिन राज हुनुहुन्थ्यो ।

यसैगरी स्थानीय चर्चहरूबाट पच्चीस जना पास्टरहरू र २३० जना जति विश्वासी जनहरूकाबिच सो कार्यक्रम सम्पन्न भएको थियो । त्यस दिक्षान्त समारोहको कार्यक्रममा दिक्षान्तित विधार्थीहरू तथा उपस्थित सबैका लागि उत्साहको वचन पास्टर विपिन राजले दिनु भएको थियो । त्यस कार्यक्रममा आराधनाको अगुवाई भने लम्की चुहा इसाई जवान संगतिले गरेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...