काठमाडौँ । बेथशालोम पुतलीसडक मण्डली अन्तर्गत रहेका विभिन्न सेवाहरू मध्ये बेथशालोम फेथ स्कुल आफ सेमिनारीले विगत वर्षहरू जस्तै गत चैत्र ९ गते २०७५ साल तदानुसार २३ मार्च शनिवारका दिन १४ औं दिक्षान्त समारोह भव्यताकासाथ सम्पन्न गरेको छ ।
उक्त दिक्षान्त समारोहमा नेपालको विभिन्न मण्डलीहरूबाट अध्ययन गरिरहनुभएका सि.टि एच र जि.टि.एच गरी जम्मा १२ जना बिद्यार्थीहरू दिक्षान्तित हुनुभएको थियो । समारोहको अध्यक्षता पास्टर देव कुमार क्षेत्रीले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा श्रीमती तेरेसा लियो दिदीले गर्नुभएको थियो । कार्यक्रममा दिक्षान्तित बिद्यार्थीहरूलाई सर्टिफिकेट, उत्कृष्ट बिद्यार्थी अवार्ड साथै उत्कृष्ट प्रचारकको अवार्ड समेत प्रमुख अथितिबाट प्रदान गरिएको थियो । बेथशालोम पुतलीसडक मण्डलीले सन् २००३ मा आफ्नो ५०औं स्वर्ण जन्मोत्सवको अवसरमा शुरु भएको यस सेमिनारीले नेपालका विभिन्न मण्डलीहरूबाट अध्ययनका लागि आउनुभएका हालसम्म करिब १०० जना बिद्यार्थीहरूलाई दिक्षान्तित गराई सकेको र नेपाल लगायत अन्य केही देशहरूमा समेत मण्डलीहरूमा रही सक्रिय रुपमा प्रभुको सेवा गरिरहनुभएको जानकारी सेमिनारीका प्रिन्सिपल पास्टर चुला बहादुर राईले गराउनु भएको थियो ।
यसै क्रममा उहाँले आउँदो शैक्षिक सत्रदेखि नेपाली भाषामा बि.टि.एच तहको अध्यापन गराइने समेत जानकारी गराउनु भएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४