२०८३ कार्तिक ५, बुधबार
2026 October 21, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

दाङमा समाज र महासंघ मिलेर इसाई समुदायको गठन, अध्यक्षमा पास्टर सन्त घर्ती सर्वसम्मत निर्वाचित

२०७५ फागुन २४, हरि जिज्ञासु (दाङ) । दाङमा इसाई समाज र ख्रीष्टियन महासंघ छुट्टा छुट्टै दुई संस्था एक भएपछि नयाँ गठित समितिमा बलिदान ए.जी. मण्डली गोग्ली दाङका पास्टर सन्त घर्ती अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

हिजोदेखि प्रतापी मण्डली घोराहीमा सुरु भएको एकता सभाबाट दुबै संस्थाका कार्यसमिति पूर्ण रुपमा विघठन गरी दाङ इसाई समुदाय नामकरण गरिएको छ । जसमा पास्टर सन्त घर्ती अध्यक्ष, सीता शाह उपाध्यक्ष, मनोज बस्नेत उपाध्यक्ष, टोप बहादुर महतारा सचिव, कर्ण बहादुर पुन सहसचिव, अशोक यादव कोषाध्यक्ष र जंग चौधरी सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । नवगठित कार्यसमितिलाई सजिलोको लागि पास्टर बेदु सुबेदी, पास्टर मानसिङ गुरुङ र दिलिप ताम्राकारले निर्वाचन प्रणालीबाट छनोट गर्नुभएको थियो । यसले गर्दा कार्यसमिति चयन गर्न सजिलो भएको थियो ।

नवगठित कार्यसमितिलाई दाङ ख्रीष्टिय समाजका पूर्व अध्यक्ष जीवन गुरुङ, ख्रीष्टियन महासंघका पूर्व अध्यक्ष पास्टर नरेन्द्र बराल, नेपाल क्याम्पस क्रुसेड फर क्राइष्ट लिडर ईम्प्याक्टका संयोजक मिलन रोकाया, दाङ इसाई समुदायका पुर्व सल्लाहकार पास्टर सालिकराम शाहु लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । शुभकामना तथा बधाई दिने क्रममा उहाँहरूले आफूहरुले अब दाङ इसाई समुदायको लागि काम गर्न युवाहरूलाई जिम्मा दिइएको र युवाहरूलाई नै निर्वाचित गरिएकोले आफूहरू खुशीहरूलाई लागेको कुरा व्यक्त गर्नुभएको थियो । उहाँहरूले हरेक समय दाङ इसाई समुदायको लागि काम गर्न आफू संगै रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

अन्तिममा नव निर्वाचित अध्यक्ष पास्टर सन्त घर्तीले आफूलाई अध्यक्ष पदको लागि योग्य ठानिदिनु भएकोमा सबै जनालाई धन्यवाद दिदै अब आउने दिनहरूमा इसाई समुदायको लागि काम गर्न सबैको साथ चाहिने बताउनु भयो । उहाँले आफूले मात्रै केही गर्न नसक्ने सबैले हातेमालो गर्दै इसाई समुदायको लागि काम गर्ने बताउनुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...