२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

विक्रम वर्णवासलाई अध्यक्षमा निर्वाचित गर्दै प्रदेश – १ इसाई समाजको पाँचौ महाधिवेशन सम्पन्न

२०७५ फागुन २३ गते । एक नम्बर प्रदेश इसाई समाजको पाँचौ महाधिवेशन फागुन २१ र २२ गते धरानमा सम्पन्न भएको छ । महाधिवेशनले इटहरीका विक्रम वर्णवास यक्तेनको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गरेको हो ।

आगामी ३ वर्षको कार्यकाल रहेको एक नम्बर प्रदेश इसाई समाजको उपाध्यक्षमा एनोश गजमेर, विकास राई र विनोद मुर्मु रहनु भएको छ । त्यसैगरी समाजको महासचिवमा मेहरमान ह्यूज, सचिव भिक्टोर सुनुवार र पूर्ण सुनुवार निर्वाचित हुनुभएको छ । समाजको कोषाध्यक्षमा जमुना खड्का, सहकोषाध्यक्षमा सुनिता श्रेष्ठ रहनु भएको छ भने सदस्यहरूमा राकेश चौधरी, कमला लिङ्देन, कुविरमान राई, डि.बी राई, दानिएल भट्टराई, फिलिप श्रेष्ठ लगायत रहनु भएको छ ।

यस अघि पूर्वाञ्चल इसाई समाजको नाममा संगठित समाजमा पूर्वी नेपालका सबै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी ५ सय भन्दा बढीको सहभागिता रहेको थियो । समाजले इसाई बृद्धि, विकासका साथै समाजका हरेक आपत विपद र विकास निर्माणमा सहकार्य गर्दै आएको नवनिर्वाचित अध्यक्ष विक्रम वर्णवास यक्तेनले बताउनु भएको छ । आगामी दिनमा समाजले विभिन्न भातृ समाजहरूको गठन गरी असल प्रकारले समाजमा काम गर्ने बताएको छ । समाजको महाधिवेशनमा एक नम्बर प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल (शारदा) ले सम्बोधन गर्नु भएको थियो । उहाँले इसाई समाजले सकारात्मक सोंचले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका कारण अन्य समुदायमा समेत सहयोगी भावना बृद्धि भएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘प्रभु येशु ख्रीष्टका अनुयायीहरू येशु ख्रीष्टजस्तै परोपकारी, सहयोगी बनेर अन्याय र अत्याचारको विरुद्ध बलिदान गर्न सक्नुपर्छ । इसाईहरूले धर्म प्रचार भन्दा पनि सेवा र सहकार्यमा जोड दिनुपर्छ ।’

निर्वाचित नयाँ पदाधिकारी तथा समितिलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल ख्रीष्टियन पत्रकार संघका अध्यक्ष गिदोन लामिछानेले इसाईहरूबीच पनि थुप्रै संगठन र समाज रहेकोले सबैलाई एकतामा समेटेर अघि बढ्न सुझाव दिदै इसाईहरू एकताबद्ध भई समाजका सबै धार्मिक समुदायबीच सद्भाव कायम राख्दै सहकार्य र एकताबाट मुलुकको समृद्धि तथा विकास हुने बताउनुभयो । पूर्व क्षेत्रमा मात्रै १५ सय भन्दा बढी चर्चहरू रहेका र ३ लाख ख्रीष्टियनहरू रहेको इसाई समाजका महासचिव मेहरमान ह्यूजले जानकारी गराउनु भएको छ।

श्रोत: तारा लामिछाने

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...