२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

यस वर्षको राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थना अभियान सुरू

मार्था राई, मितिः २०७५ माघ २२ गते । नेपाल क्याम्पस क्रूसेड फर क्राइष्टद्वारा आयोजित राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थना गत फेब्रूवरी एक तारिखबाट शुरु भएको छ । यो प्रार्थना अभियान आगामी मार्च १२ तारिखसम्म गरी ४० दिनसम्म चल्नेछ ।

प्रत्येक वर्ष नेपाल लगायत विभिन्न राष्ट्रमा भएका नेपाल क्याम्पस क्रूसेड फर क्राइष्टका कर्मचारी लगायत अन्य विश्वासीले यो प्रार्थना अभियानमा ४० दिनसम्म उपवास बसी विभिन्न विषयमा प्रार्थना गर्दै आएका छन् । यस वर्षको प्रार्थना अभियान पनि विभिन्न मण्डलीहरूमा आयोजित प्रार्थना सभामा सहभागी भई प्रार्थनाको उद्घाटन भइसकेको छ । यस प्रार्थना अभियानमा सहभागीहरू ४० दिनलाई १०/१० दिनको हप्ता बनाई ४ हप्ता बनाएका हुन्छन् र ४ पटक सामुहकि रुपमा भेटी उपवास प्रार्थनामा आफूले पाएको आशिष बाँड्नुका साथै वचनबाट उत्साह दिने र सामुहिक प्रार्थना गर्ने गरिन्छ ।

यो राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थना सहभागीहरूका लागि धेरै आशिषमय भएका गवाही सुनेका र देखेका कारण प्रत्येक वर्ष सहभागीहरूको बृद्धि भैरहेको छ । सन् २०१९ सालको प्रार्थनामा पनि सबै सहभागीहरूमा परमेश्वरले निश्चय नै भारी आशिष वर्षाउनु हुनेछ भनेर धेरै विश्वासीहरू यस उपवास प्रार्थनामा सहभागी भएका छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...