२०७५ माघ ६ गते, ललितपुर । ललितपुरको गोदावरीस्थित न्यू लाइफ मिशनरी ट्रेनिङ्ग सेन्टरद्वारा सञ्चालित नौ महिने न्यू लाइफ मिशनरी तालिम आज एक कार्यक्रमका बिच प्रार्थना गरी शुरु गरिएको छ ।
न्यू लाइफ मिशनरी ट्रेनिङ्ग सेन्टरद्वारा यस भन्दा अघि ५ महिने तालिमका रुपमा सञ्चालन भई आएकोमा यस वर्षदेखि ९ महिने तालिमका रुपमा शुरु गरिएको र २० जना विद्यार्थीले यस तालिममा सहभागी हुने जानकारी गराइएको थियो । पास्टर विरु घिसिङद्वारा शुरुको प्रार्थना गरी शुरु गरिएको सो कार्यक्रममा पास्टर अमित कार्थकले सहभागी विद्यार्थी र उपस्थित सबैको लागि उत्साहको वचन बाँड्नुभएको थियो । यस ट्रेनिङ सेन्टरका प्रिन्सिपल रेभ. कृष्ण बहादुर परियारले यस न्यू लाइफ मिशनरी तालिम केन्द्रको भिजन, उद्देश्य लगायत इतिहास र भविष्यको योजना समेत बताउनुभएको थियो भने रेभ. डा. राजु क्षेत्रीले यस ट्रेनिङ्ग सेन्टर, यस वर्ष अध्ययनका लागि सहभागी विद्यार्थीहरू लगायत सिकाउने सबै शिक्षकहरूका लागि प्रार्थनामा अगुवाई गर्नुभएको थियो । अन्तमा रेभ. कृष्ण बहादुर परियारले धन्यवादका केहि शब्द राख्नुहुँदै अन्तिम प्रार्थना गर्नुभएपछि सो कार्यक्रम समापन गरिएको थियो ।
सो उद्घाटन कार्यक्रममा यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै नेपालका विभिन्न जिल्ला लगायत भारत र भुटानदेखि समेत २० जना विद्यार्थीहरूको यस तालिममा सहभागीता रहने जानकारी गराइएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४