२०८३ कार्तिक ५, बुधबार
2026 October 21, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ नेपालले प्रार्थना सभा गरेर ६०औ वर्षगाँठ मनायो

२०७५ माघ २ गते, काठमाडौं । नेपालको ख्रीष्टियन इतिहासमा गौरवशाली इतिहास बोकेको नेपाल राष्ट्रिय मण्डली सङ्गतिले आफ्नो स्थापनाको ६०औं वर्षगाँठको अवसर पारेर हिजो ललितपुरको सानेपास्थित आराधना चर्चमा विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरू र विभिन्न संघघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा एक प्रार्थना सभाको आयोजना गरिएको थियो ।

एनसिएफ नेपालका अध्यक्ष रेभ. हनोक तामाङले उपस्थिति पास्टर तथा अगुवाहरूलाई स्वागत गर्नुहुँदै एनसिएफ नेपालको संक्षिप्त परिचय दिदै एनसिएफ नेपालले आगामी दिनमा प्रभावकारी रुपमा काम गर्न सकोस् भनेर निरन्तर प्रार्थना गरिदिन उपस्थित सबैसँग अनुरोध समेत गर्नुभएको थियो । सो प्रार्थना सभामा विभिन्न प्रार्थनाका विषयहरूमा संयुक्त रुपमा प्रार्थना गर्दै समापन विभिन्न वरिष्ठ पास्टर तथा अगुवाहरूको अगुवाइमा भएको थियो ।

सो प्रार्थना सभाको सञ्चालन एनसिएफ नेपालका महासचिव पास्टर शेर एसीले गर्नुभएको थियो भने आराधनामा र प्रार्थनाको बिचमा भजन गीतको अगुवाई आराधना चर्चको क्यायर झुण्डले अगुवाइ गरेको थियो । प्रार्थनाको सेवा समापन लगत्तै अध्यक्ष रेभ. हनोक तामाङले उपस्थित ख्रीष्टियन मिडियाका प्रतिनिधिसँगको कुराकानीमा आगामी कार्तिक महिनामा एनसिएफ नेपालको ६०औं वर्षगाँठको अवसरमा एक भब्य कार्यक्रम गरिन लागेको जानकारी समेत गराउनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...