२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टियन सरोकार अभियानले गृहमन्त्रीको ध्यानाकर्षण गरायो

२१ पुस २०७५, काठमाडौँ । नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रीष्टियन समाजको संयुक्त पहलमा बनेको ख्रीष्टियन सरोकार अभियानले हालै गृहमन्त्री राम बहादुर थापा बादलको ध्यानाकर्षण गराएको खबर प्राप्त भएको छ । नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष सूर्यबहादुर बल (हनोक) तामाङ तथा महासचिव शेरबहादुर ए.सी. र नेपाल ख्रीष्टियन समाजका अध्यक्ष कृष्णबहादुर (बर्णबास) श्रेष्ठ र सचिव मुकुन्द कुमार शर्माको संयुक्त टोलीले गृहमन्त्रीको क्वाटरमा नै गएर गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

विगत केही समयदेखि नेपालका सम्पूर्ण ख्रीष्टियनहरूलाई लक्षित गरी निरन्तर रूपमा विभिन्न किसिमका भ्रामक समाचारहरू केही पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमा सम्प्रेषण गर्ने, ख्रीष्टियन आस्था र विश्वासमाथि आघात पर्ने खालका गतिविधिहरू सञ्चालन गर्ने, ख्रीष्टियनहरूले नगरेका काम तथा गतिविधिहरूमा अतिरन्जित तरिकाले दोषारोपण गर्ने र व्यक्तिगत वा सामाजिक रूपमा नै डर–धम्की दिने काम गरिएको हुँदा ख्रीष्टियन सरोकार अभियानले गृहमन्त्री राम बहादुर थापाको ध्यानाकर्षण गराएको बताइएको छ । नेपालको संविधान २०७२, विद्यमान कानुन र विश्वव्यापी मानवअधिकार घोषणापत्र विपरीत विभिन्न क्रियाकलापहरू गरी मानसिक आघात पुर्याउने कामहरू गरिएको भन्दै ध्यानाकर्षण गराउँदै शान्ति–सुरक्षाको व्यवस्था गरिदिन गृहमन्त्री समक्ष अनुरोध समेत गरेको छ ।

गृहमन्त्री थापाले ख्रीष्टियन समुदायको मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै गत डिसेम्बर २५ तारेखमा चितवनमा बाइबल जलाइएको र सामाजिक सञ्जालमा अश्लील सामग्री राखेर ख्रीष्टियनहरूको अपमान गर्न खोजिएको तथा ख्रीष्टमसमा बिदा दिने कुरा लगायतका अन्य कुराहरूमा आफु एकदमै सकारात्मक रहेको बताउनुभएको थियो । भेटघाट निकै सकारात्मक र फलदायी भएको कुरा नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष तामाङले यस सम्बाददातालाई बताउनुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...