सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

१३औं अन्तर चर्च फुटबल प्रतियोगिता हुने

ललितपुर २८ अप्रिल २०२४ । नेपाल स्पोर्टस् फेलोसिपले आज ललितपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी १३औं अन्तर चर्च फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बारे जानकारी गराएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बताइएअनुसार सो फुटबल प्रतियोगिता आगामी मे ४ तारिखदेखि १८ तारिखसम्म ललितपुरको सातदोबाटोस्थित नेपाल स्पोर्टस् फेलोसिपको फुटबल ग्राउण्डमा १३औ अन्तर चर्च प्रतियोगिता आयोजना गर्न लागेको हो । सो प्रतियोगिताको विजेता टोलीलाई पचास हजार रुपैया र उपविजेता टोलीलाई पच्चिस हजार रुपैया राशीको पुरस्कार रहेको जानकारी गराइयो भने सो प्रतियोगितामा खेल्ने प्रत्येक खेलाडीलाई दर्ता शल्कैमा एक लाखको दुर्घटना विमा गरिएको बताइयो ।

सो प्रतियोगिताका बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका लगायत बाहिरका चर्चहरुलाई पनि सो प्रतियागितामा सहभागी हुन आह्वान समेत गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...