२०८३ जेष्ठ २३, शनिबार
2026 June 5, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ग्रेस चर्चको मोति महोत्सव सम्पन्न

भरतपुर, चितवन । चितवनको भरतपुरस्थित ग्रेस चर्चले आफ्नो स्थापनाको ३०औं वार्षिकोत्सव तथा मोति महोत्सव हिजो फागुन १६ गतेका दिन एक भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

सो मोति महोत्सव नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. हनोक तामाङको प्रमुख आतिथ्य तथा वाग्मती प्रदेशका माननीय पार्वती सिलवाल तथा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

सो मोति महोत्सव तथा ३०औं वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिहरु वाग्मती प्रदेश सांसद पार्वती सिलवाल र भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले ग्रेस चर्च परिवार तथा रेभ. हरि खातीलाई शुभकामना दिनुहुँदै आगामी दिनमा यस चर्चले समाज परिवर्तन र आत्मिक उत्थान कार्यमा अझ सफलता मिलोस् भन्ने शुभेक्षा प्रदान गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रेभ. हनोक तामाङले परमेश्वरको वचनबाट उत्साह दिनुहुँदै आगामी दिनमा ग्रेस चर्च तथा रेभ. हरि खातीको जीवनमा परमेश्वरले अझ धेरै काम गर्नु भएको होस् भन्ने सुभेक्षा दिनुभयो । उक्त समारोहमा अन्य वक्ताहरुले पनि बधाई दिनुहुँदै आगामी दिनमा अझ बढी सफलताको कामना गर्नुभएको थियो ।

रेभ. हरि खातीले मोति महोत्सव मनाउनुको कारण खुलाउनु हुँदै प्रभु येशूले आफ्नो ३० वर्षको उमेरमा आफ्नो सेवाको कार्य शुरु गर्नुभएको बारे प्रकाश पार्दै ग्रेस चर्चले आफ्नो स्थापनाको ३० वर्षको अवसरमा यो महोत्सव मनाएको प्रकाश पार्नुभयो । साथै चर्च स्थापना पछि साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिंदै सम्मान पनि गरिएको थियो भने टोकन अफ लभ पनि वितरण गरिएको थियो । सो अवसरमा ग्रेस चर्चको स्मारिका प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट विमोचन पनि गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...