२०८३ जेष्ठ २३, शनिबार
2026 June 5, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको पुनरुत्थान महोत्सव–२०७७ सम्पन्न

काठमाडौं, ४ अप्रिल २०२१ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज अप्रिल ४ तारिख अर्थात चैत्र २२ गतेका दिन नेपाली काङ्ग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा पुनरुत्थान महोत्सव २०७७ समारोहको कार्यक्रम सम्पन्न गरेको छ ।

ललितपुरको युनिटी फुड क्याफेको सभा हलमा आयोजित उक्त समारोहमा विभिन्न क्षेत्रका विशिष्ठ अतिथिहरू, महासंघका पदाधिकारीहरू, विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि गोपालमान श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि गोपालमान श्रेष्ठ, विशिष्ट अतिथिहरू ने.क.पा एमालेका नेता नवराज सिलवाल, जनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पा र बरिष्ठ अधिवक्ता तथा मानव अधिकार सङ्गठनका पूर्व अध्यक्ष इन्द्र अर्यालले इष्टर सण्डे (पुनरुत्थान) २०२१ को शुभकामना सहित आफ्नो मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी नेपाली ख्रीष्टियन समुदायको स्थिति २०२१ का बारे परियोजना संयोजक पास्टर धनराज घिमिरेले जानकारी गराउनु भएको थियो भने उक्त परियोजनाको महत्व र आवश्यकताबारे महासंघका कानुनी सल्लाहकार अधिवक्ता पास्टर बुद्ध घिसिङले प्रष्ट्याउनु भएको थियो ।

सहअध्यक्ष पाष्टर तेजमान तामाङले स्वागतको मन्तब्य दिनुभएको सो कार्यक्रममा महासंघले विगतमा गरेका कार्यका बारेमा सहअध्यक्ष रीता थापा मगरले जानकारी गराउनु भएको थियो । त्यसैगरी बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले परमेश्वरको वचनबाट पुनरुत्थानको महत्वको बारेमा बोल्नु हुँदै सबैमा प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रमलाई महासंघका सचिवालय संयोजक रेभ. पास्टर प्रेम कार्कीले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो भने सुरुवातको प्रार्थना उपाध्यक्ष पा. बाबुराम हिङमाङले गर्नुभएको थियो । केन्द्रिय सदस्य अनिल राईको क्वायर झुण्डले आराधनामा अगुवाई गरेको थियो भने कार्यक्रमको अन्त्यमा समारोहका सभापति तथा महासंघका अध्यक्ष सि.बि. गहतराजले धन्यवाद सहितको आफ्नो मन्तब्य राखेर कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । त्यस लगत्तै मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबोले अन्तिम प्रार्थना गर्नु भई कार्यक्रम समापन भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...