२०८३ साउन ७, बिहिबार
2026 July 22, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

झण्डा जलाइएको भिडियो प्रकरणः ख्रीष्टियनमाथि लगाइएको आरोपको खण्डन

२० अगष्ट २०२०, काठमाडौं । केहि दिन पहिले सार्वजनिक भएको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको घटनासँग जोडेर आफूलाई सामाजिक अभियन्ता भनि दाबी गर्ने ज्ञानेन्द्र शाहीले नेपाली ख्रीष्टियन समुदायमाथि आक्षेप लगाउने गरी सार्वजनिक अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको छ ।

सो सँगै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, नेपाल ख्रीष्टियन समाज, नेपाल इसाई नागरिक संघ लगायत अन्य विभिन्न ख्रीष्टियन संघसंस्थाहरूले पनि आफ्नो प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको झण्डा जलाउने जस्ता कार्यको घोर बिरोध गर्दै सो घटनालाई जोडेर विभिन्न व्यक्तिहरूले यस कार्यमा नेपालमा रहेका ख्रीष्टियन समुदायमाथि आक्षेप लगाउने गरी पछिल्लो समयमा सार्वजनिक भएका अभिव्यक्तिमाथि आफूहरूको ध्यानाकर्षण भएको उल्लेख गर्दै घोर आपत्ति प्रकट गरेको छ ।

स्मरण रहोस् नेपालको झण्डा जलाएको भिडियो सार्वजनिक भएलगत्तै सबै पक्षबाट सो कार्यको घोर बिरोध भएको थियो । सो भिडियो प्रकरणमा संलग्नहरूलाई नेपाल प्रहरीले हिजो पक्राउ गरेका व्यक्तिहरू कोहि पनि ख्रीष्टियन होइनन् । गत मङ्गलबार सोधपुछका लागि बोलाइएका इसहाक लिम्बुको सो भिडियोमा कुनै पनि संलग्नता नभएको पाइएपछि प्रहरीले छोडिसकेको छ । त्यहि कुरालाई लिएर आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीले नेपालमा रहेका सिङ्गो ख्रीष्टियन समुदायमाथि आक्षेप लगाई आफ्नो विचार प्रस्तुत गरेका थिए ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...