२०८३ साउन ५, मङ्लबार
2026 July 21, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली ख्रीष्टियन एकता समाज जापानले एनसिएफ र एनसिएसलाई ज्ञापन पत्र बुझायो

काठमाडौं, मितिः २०७६ माघ १७ गते । नेपाली ख्रीष्टियन  एकता समाज जापानका अध्यक्ष सूर्य राईको अध्यक्षतामा गएको एक टोलीले आज एनसिएफ नेपालका महासविच पास्टर शेर एसी र एनसिएसका महासचिव पास्टर डिल्लीराम पौडेललाई भेटी नेपाली ख्रीष्टियन समुदाय एकतामा आउनुपर्छ भन्ने आशयको ज्ञापन पत्र बुझाएको छ ।

सो ज्ञापन पत्र बुझाउने क्रममा नेपाली ख्रीष्टियन  एकता समाज जापानका अध्यक्ष सूर्य राईले जापानमा रहेका नेपाली भाषी विश्वासीहरू, नेपाली मण्डलीको वर्तमान अवस्था र त्यहाँबाट नेपालमा रहेका ख्रीष्ट विश्वासीहरू, नेपाली मण्डलीहरू, विभिन्न ख्रीष्टियन संघसंस्था लगायतका लागि निरन्तर प्रार्थना गर्दै गरेको बताउनु हुँदै अब नेपाली मण्डलीहरू एकतामा आएर समग्र नेपाली ख्रीष्टियन समुदायले राज्यबाट पाउने न्यूनतम हक अधिकार सुनिश्चितता गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी एनसिएफ नेपालका महासचिव पास्टर शेर एसीले हालसम्म एनसिएफ नेपालले समुदायको हितका लागि गरेको पहलका बारे संक्षिप्त जानकारी गराउनु भएको थियो । साथै एनसिएस नेपालका महासचिव पास्टर डिल्लीराम पौडेलले पनि एनसिएसको गठन गर्नुपर्नाका कारण खुलाउँदै आफूहरूले गरिरहेको प्रयासका बारे जानकारी गराउनु भएको थियो ।

स्मरण रहोस् राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाललाई पनि गत कात्र्तिक महिनामा हङकङमा महासंघको सद्भावदूतहरूको पहिलो शिखर सम्मेलनमा आफूहरूले यस्तै खालको ज्ञापन पत्र बुझाइसकेको जानकारी समेत गराउनु भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...