२०८३ जेष्ठ २३, शनिबार
2026 June 5, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नयाँ समिति गठन गर्दै बुढानिलकण्ठ नगर इसाई समितिको साधारण सभा सम्पन्न

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका नगर इसाई समितिको २०७६ साल मंसिर २९ गते बसेको प्रथम साधारण सभाबाट सर्वसम्मत रुपमा पास्टर राम शरण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको छ ।


हालै काठमाडौंको हात्तीगौंडास्थित आशाको किरण चर्चमा सम्पन्न भएको सो साधारणसभाले अध्यक्षमा पास्टर राम शरण श्रेष्ठलाई चयन गर्दै एक जनालाई सदस्य पदमा पछि मनोनित गर्ने गरी १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा पास्टर बिद्या लामा र फादर दिपेश सुनुवार तथा सचिवमा रेभ.डा.जोमेश ओड चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः पास्टर यूहन्ना काप्री र अनिता श्रेष्ठ साथै सदस्यहरूमा पास्टर देवीलाल श्रेष्ठ, पास्टर गोपीलाल श्रेष्ठ, पास्टर विनोद कटुवाल, पास्टर दल बहादुर थामी, आशा श्रेष्ठ, पास्टर कमला संगत (राई) र पास्टर प्रकाश तिरुवा रहनु भएको छ ।


यस बुढानिलकण्ठ नगरपालिका नगर इसाई समितिमा बुढानिलकण्ठ नगरपालिकाभित्र रहेका मण्डलीहरूको सहभागिता रहेको छ । यस समितिमा यस अघि रेभ. डा. तेज बहादुर रोक्काको अध्यक्षतामा कार्यसमिति रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...