२०८३ जेष्ठ २३, शनिबार
2026 June 5, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाल जेल सर्भिस (मिनिष्ट्री) को साधारण सभा सम्पन्न


नेपाल जेल सर्भिस (मिनिष्ट्री) को साधारणसभा ललितपुर महानगरपालिका – ११, पाटनमा अवस्थित विजय जीवन मण्डलीमा गत साउन २६ गते सम्पन्न भएको थियो ।


त्यस साधारण सभा कार्यक्रमलाई नेपाल जेल सर्भिस (मिनिष्ट्री) का संस्थापक पास्टर जय देउलाले गर्नु भएको थियो भने उपाध्यक्ष पास्टर साइमन तामाङ्गले शुरुको प्रार्थना गर्नु भएलगत्तै पास्टर नरेश लावतीले स्तुति प्रशंसामा अगुवाई गर्नु भएको थियो । कोषाध्यक्ष शोभा ढुंगानाले लेखापरिक्षकको लेखा परिक्षण बमोजिम आयव्यय प्रस्तुत गर्नु भएको थियो । गत आर्थिक वर्षको प्रगति विवरण र चालू आर्थिक वर्षको कार्ययोजना संस्थापक जय देउलाले प्रस्तुत गर्नु भएको थियो । सचिव अनुराधा श्रेष्ठले कदर पत्र हस्तान्तरणको कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने पास्टर राजु लामाद्वारा निस्सी निवास मण्डलीका अगुवा निर्मला डंगोललाई, अधिबक्ता गोबिन्द चौहानुद्वारा कृष्ण डंगोललाई, उपाध्यक्ष पास्टर साइमन तामाङ्गद्वारा पास्टर राजु लामालाई र खोकना दोबाटो क्वाइनोनिया मण्डलीलाई हस्तान्तरण गरिएको थियो ।


सफलतापूर्वक सम्पन्न भएको सो साधारण सभाको अन्तिम प्रार्थना पास्टर श्याम गुरुङले गर्नु भएलगत्तै समापन गरिएको थियो । हालको दिनसम्म यस संस्था जिल्ला प्रशासन कार्यालयमा नविकरण समेत भइसकेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...