२०८३ कार्तिक ५, बुधबार
2026 October 21, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

न्यू जेनेरेशन कम्युनिटी फेलोसिपको दोश्रो सेन्टर विधिवत् रुपमा ललितपुरमा शुरु

२०७५ पुस २९ गते, ललितपुर । बनेपाको तीनदोबाटोस्थित न्यू जेनेरेशन कम्युनिटी फेलोसिपले आफ्नो सेवाको क्षेत्र बढाउँदै काठमाडौं सेन्टर ललितपुरको सातदोबाटोमा शुरु गरेको छ । केहि दिन पहिले गत डिसेम्बर ३० तारिखका दिन एक उद्घाटन कार्यक्रम गरेर यस फेलोसिपको शुरुवात भएको हो ।

पास्टर श्याम मानान्धरले शुरुको प्रार्थना गरी शुरु भएको यस कार्यक्रम पास्टर बेनी कार्कीले सञ्चालन गर्नुभएको थियो । सो कार्यक्रममा एनजिसिएफका सिनियर पास्टर रामचन्द्र विसुन्केले न्यू जेनेरेशन कम्युनिटी फेलोसिपको भिजन बाँड्नुहुँदै नेपालमा (IDMC) लगाव सहित चेला निर्माण अभियानको औचित्य प्रकाश पार्नुभएको थियो । ३ नम्बर प्रदेश एनजीएनका अध्यक्ष तथा रोफेका मण्डली सञ्जाल काभ्रेका सिनियर पास्टर एन.पि. प्रधानले परमेश्वरको वचनबाट उत्साह दिनुभएको थियो । सो उद्घाटन कार्यक्रममा नमूना ख्रीष्टियन समुदायका अध्यक्ष पास्टर शामुएल सोदेम्बा, एनसिएफ नेपालका महासचिव पा. शेर ए.सी., एनसिएसका सचिव पा. मुकुन्द शर्मा, काभ्रे इसाई एकता संगतीका अध्यक्ष पास्टर केशव राना, हार्भेष्ट फेथ इन वर्कका राजु रम्तेल, पास्टर रूबेन राना लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

उपस्थित पास्टर तथा अगुवाहरुले ललितपुरस्थित यस न्यू जेनेरेशन ख्रीष्टियन फेलोसिप र यहाँ सेवा दिनुहुने पास्टर बेनी कार्कीलाई समपर्णको प्रार्थना समेत गर्नुभएको थियो । सो समर्पणको प्रार्थनाको अगुवाई पास्टर एन.पि. प्रधानले गर्नुभयो । कार्यक्रमको अन्तमा अन्तिम प्रार्थनाको अगुवाई पास्टर राजन परियारले गर्नुभएपनि समापन भएको थियो । यस फेलोसिपका पास्टर बेनी कार्कीले ललितपुरस्थित यस फेलोसिपमा हरेक शनिबार विहान ८ बजेदेखि १० बजेसम्म आराधना सेवा सञ्चालन गरिने जानकारी गराउनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...