२०८३ साउन ६, बुधबार
2026 July 21, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जि.एन.एस.सि.एफ.को दोश्रो शिखर सम्मेलनको तयारी बैठक सम्पन्न

काठमाडौ, २४ मङ्सिर २०७५ । ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको दोश्रो शिखर सम्मेलन आगामी वर्ष २०१९ मार्चको १२ देखि १४ सम्म नेपालको राजधानी काठमाडौँमा हुने तय भएसंगै यस सम्मेलनको तयारी तिब्रतासाथ अघि बढिरहेको छ । संसारभर रहेका नेपालीभाषी पास्टर तथा ख्रीष्टियन अगुवाहरूलाई एकै ठाउँमा भेला गराई सेवकाइमा आफ्ना अनुभवहरू साटासाट गर्ने हेतुले नेपालमा आयोजना गरिन लागेको सो सम्मेलनको नेपालको आयोजक समितिको तयारी बैठक आज ललितपुरको भैसेपाटीस्थित ज्योति ग्रेट कमिसन फेलोशिपमा बसेर आवश्यक तयारी पूरा गर्ने निर्णय गरेको छ ।

ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको नेपाल संयोजक पास्टर लाजरस थुलुंगको संयोजकत्वमा आज बसेको बैठकले विभिन्न निर्णयहरू गर्दै आवश्यक तयारीहरू यथासक्य छिट्टो पूरा गर्ने निर्णय गरेको हो । आगामी मार्चको १२ देखि १४ मा ललितपुरको सानेपास्थित एक पार्टी प्यालेसमा आयोजना हुन लागिरहेको उक्त शिखर सम्मेलनमा विभिन्न ३ दर्जन भन्दा बढी राष्ट्रहरूबाट १००० भन्दा बढी पास्टर तथा अगुवाहरू सहभागी हुनेछन् । यस सम्मेलनमा सहभागी हुन चाहने पास्टर तथा अगुवाले जि.एन.एस.सि.एफ.को वेबसाइड www.gnscf.org मा गएर फारम डाउनलोड गरी भरेर इमेल गरी दर्ता शुल्क तिर्न सकिने छ ।

स्मरण रहोस् जि.एन.एस.सि.एफ.को पहिलो शिखर सम्मेलन सन् २०१७ को मार्चमा भारतको सिलगुडीमा आयोजना भएको थियो जहाँ एक दर्जन भन्दा बढी रास्ट्रबाट एक हजार भन्दा बढी नेपाली भाषी पास्टर तथा अगुवाहरूको सहभागिता थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...