२०८३ साउन ६, बुधबार
2026 July 21, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टियन सरोकार अभियानद्वारा भ्रममा नपर्न अपिल

२०७५ मङ्सिर १२ गते, काठमाण्डौँ । नेपाल राष्ट्रिय मण्डली संगति र नेपाल ख्रीष्टियन समाजको संयुक्त पहलमा स्थापित ख्रीष्टियन सरोकार अभियानले आज एक विज्ञप्ति जारी गरेर आगामी शुक्रबारबाट राजधानी काठमाडौँमा शुरु हुने भनिएको चार दिने एसिया प्यासिफिक समिटमा नेपाली ख्रीष्टियन समुदाय तथा नेपाली ख्रीष्टियन मण्डलीहरूको कुनै सहयोग, सहकार्य र संलग्नता नरहेको स्पष्ट पारेको छ ।

विगत केहि हप्तादेखि लगातार विभिन्न छापा तथा अनलाइन संचारमाध्यममा धर्म प्रचारमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग नेपाल सरकार सहआयोजक बनेको र राजनीतिक नेतृत्वको आडमा धर्म प्रचार लगायतका सामाग्रीहरू प्रचार प्रसार गरेको भन्ने समाचारप्रति सो सरोकार अभियानले आपत्ती प्रकट गरेको छ । साथै काठमाण्डौँमा हुन गइरहेको उक्त समिटमा नेपाली ख्रीष्टियन समुदायको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै सो अभियानद्वारा आज विज्ञप्ति जारी गर्दै यस प्रकारको भ्रममा नपर्न सम्पूर्ण वर्ग, पक्ष, समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई अनुरोध गरेको हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...