२०८३ जेष्ठ २३, शनिबार
2026 June 5, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

लाजरस तामाङको अध्यक्षतामा एन.सि.एफ नेपालको युवा समिति गठन

मकवानपुर । नेपाल राष्टिय मण्डली संगति (एन.सि.एफ. नेपाल) को २ दिने राष्ट्रिय युवा प्रतिनिधि सम्मेलन यूनाइटेड गोस्पल चर्च मकवानपुर हेटौडामा सम्पन्न भएको छ ।

देशभरबाट उपस्थित एन.सि.एफ. नेपालमा आबद्ध मण्डलीका युवा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको सो सम्मेलनमा एन.सि.एफ. नेपालका अध्यक्ष रेभ. पा. सूर्य बहादुर बल तामाङ (हनोक), उपाध्यक्ष रेभ. बि.बी. राई, सचिव रेभ. वीर बहादर तामाङ, महासचिव शेर बहादुर ए.सी, कार्यालयका कर्मचारी रुद्र वि.क. लगायतका पास्टरहरूको उपस्थिति रहेको थियो ।

एन.सि.एफ. नेपाल केन्द्रिय युवा तर्दथ समितिका अध्यक्ष पा. मिलन राईको अध्यक्षता र एन.सि.एफ. नेपालका अध्यक्ष रेभ. पा. सूर्य बहादुर बल तामाङ (हनोक) को प्रमुख आतिथ्यता सम्पन्न सो सम्मेलनको प्रमुख वक्ता महासचिव शेर बहादुर ए.सी. हुनुहुन्थ्यो ।

२ दिन सम्म चलेको राष्ट्रिय युवा प्रतिनिधि सम्मेलनबाट लाजरस तामाङको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय युवा समिति गठन गरेको छ । जसमा उपाध्यक्षमा बसन्त राई, सचिवमा सुवास तामाङ, सहसचिवमा किशोर बहादुर शाही, कोषाध्यक्षमा चिरमाया तामाङ, सहकोषाध्यक्षमा सविना परियार, प्रदेश प्रमुख तथा केन्द्रीय सदस्यहरूमा क्रमश प्रदेश नम्बर १ बाट कपिल सुनार, २ बाट सुनिल तामाङ, ३ बाट ईश्वर पाख्रिन, ४ बाट सन्दिप थापा, ५ बाट हनोक दास, ६ बाट नन्द ब. सिजाली र ७ नम्बर प्रदेशबाट बाल कुमार बि.क चुनिएका छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...