२०८३ साउन ५, मङ्लबार
2026 July 21, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मलेसियामा तीन दिनको सेमिनार सम्पन्न

मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली ख्रिस्टियन विस्वासीहरू बिशेष गरी उत्तरीय भु-भागमा रहेका नेपाली ख्रिस्टियनहरूको अात्मिक वृद्धि गराई एकअापसमा मिलाप, वास्ता र प्रेमको भावना ख्रिस्टले मण्डलीलाई गर्नुभए झै रहि रहोस् भन्ने विचार राखी गत जून १५ देखि १७ तारिखसम्म एक सेमिनारको अायोजना गरिएको थियो ।

मलायुहरूको नयाँ साल(हरि राया)मा सबै कम्पनीमा बिदा भएकाले मलेसियामा रहेका नेपाली ख्रिस्टियनहरूको फुर्सद हुने हुँदा सबैलाई सहभागी गर्न सकिने भएकाले यो सेमिनार आयोजना गरिएको कुरा आयोजक लभ पेनाङ नेटवर्कले जनाएको छ। प्रवासमा भएपनि नेपालीहरूमा सदैब सहयोगी भावना, एकता, प्रेम र वास्ता रहोस् भन्ने हेतुले हरेक वर्षको मलायुको नयाँ वर्षहरूमा सेमिनार अायोजना गरिने कुरा आयोजकले जनाएको छ । यस वर्षको सेमिनारमा मलेसियामा रहेका बीस वटा नेपाली मण्डलीबाट दुई सयभन्दा बढीको सहभागिता रहेको थियो ।

विगतका वर्षहरूभन्दा यसपालीको सेमिनार बृहत र अाशिषमय तवरले सम्पन्न भएको कुरा मलेसियामा सेवा गर्दै आउनुभएका बरिस्ठ पा.किशोर रानाले बताउनु भएको छ । यस वर्ष सम्पन्न भएको सेमिनारको मुख्य शीर्षक “ख्रिस्ट तिमीहरूमा हुनु, जो महिमाको अाशा हो-कलस्सी १:२७ थियो ।

सेमिनारको पहिलो दिनको संचालन सेवक अनिल राईले गर्नु भएको थियो । तीनै दिनमा स्तुति प्रशंसामा सुकु तामाङ र अाराधना झुण्डको अगुवाईमा भएको थियो । प्राविधिक कक्षमा विवश मगरले सहायता गर्नुभएको थियो । यस सेमिनारमा स्थानीय बरिस्ठ पा.किशोर राना, डा.पावल हेगेन,जुलि, टोम मात्र नभै नेपालबाट पा.रबिन बोगटी, देबेन्द्र जोशी, प्रबासी एकता संजालका संयोजक अनिल लामाले वचनको सेवकाइ गर्नुभएको थियो। सो सेमिनारमा विस्वास, परिवार र आर्थिक बिषय लगायत अगुवापन, मण्डली र परिवारको सन्तुलन, झुटो शिक्षालाई कसरी चिन्ने ? नयाँ विस्वासीहरूलाई कसरी अात्मिक वृद्धि गराउने भन्ने बिषयमा केन्द्रित थियो।

अन्तमा स्थानीय बरिस्ठ पा.किशोर रानाले यस सेमिनारमा सहयोग गर्नुहुने नेपालीलाई धेरै माया वास्ता गर्ने इम्मानुएल परिवार साथै पा.साइमन, लभ पेनाङ नेटवर्कका सेवक बलराम गिरी ,रिभाईभ टिमका सेवक राज मोक्तान साथै उत्तर मलेसियाका सबै विस्वासीहरू लगायत सबैलाई धन्यवाद दिदै तीन दिनको सेमिनारको समापनको प्रार्थना गर्नु भै सो सेमिनार समापन भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...