२०८३ भदौ २०, शनिबार
2026 September 5, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

काठमाण्डाैमा गणेश बहादुर स्मृति कप क्रिकेट हुने

– जायाेन संवाददाता भदाैँ १५, ललितपुर ।नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भदौ १६ गते देखि भदौं २४ गते सम्म हुनेछ।प्रतियोगिता काठमाडौंको टुडिखेलमा हुने आयोजकले आज (बिहिबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेक्सस र ओमेगा कलेजले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्काे खेलमा केसीटिसी र र पुलिस स्कुल साँगाबीच खेल हुनेछ ।नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एनसीए, ओमेगा, कलेज, क्यानन, क्लब, जिएजसीए बी, राइजिड, जिएजसीए ए, एकआइसी ए र केसीटीसी बी रहेका छन् । यस्तै समूह ‘बी’ मा नेपाल पुलिस स्कुल सागा, केसीटीसी ए, आयोजक नेक्सस, हिमालयन क्रिकेट एकेडेमी, एमडब्लुसीसी कोहलपुर, टिम टाइटन बुटवल, आरसीए र सगरमाथा क्रिकेट क्लब रहेका छन् ।प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको म्यान अफ द सिरिज, उदयीमान खेलाडी, उत्कृष्ट वलर, ब्याटसम्यान र म्यान अफ द म्याचलाई पुरस्कृत गरिनेछ ।प्रतियोगितालाई डब्लुआरआई कन्सलटेन्सीले मुख्य प्रायोजन गरेको छ भने, राजश्री गुरुकुल स्कुलले प्रथम पुरस्कार तथा ललितपुर इन्जिनियररिङ कलेजले दोस्रो पुरस्कार प्रायोजन गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...