नेपाल ख्रिस्टियन समाजका वर्तमान अध्यक्ष पास्टर वर्णबास श्रेष्ठ विगत केही वर्षअघिदेखि यस समाजको कार्यकारी अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल इसाई मण्डली, बालाजुको सिनियर पास्टरको रुपमा पनि सेवारत हुनुहुन्छ । साथै विभिन्न ख्रिस्टियन संघसंस्थामा पनि आवद्ध भई सामाजिक सेवाको काममा पनि कार्यरत हुनुहुन्छ । उहाँसँग नेपाल ख्रिस्टियन समाजका बारेमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
एनसिएफ पहिलादेखि नै सुरु गरिएको एउटा फेलासिप हो, अहिले आएर संस्थाको रुपमा भएतापनि एउटा फेलोसिपको रुपमा त्यो सुरु भएको हो । पछि विभिन्न कारणले कति व्यक्तिहरू एनसिएफमा बस्न चाहेनन्, अगापे, एजी लगायतकाहरू त्यसमा नअटेको हुनाले अगुवाहरू मिलेर सबै अटाउने एउटा ठाँउ बनाउनुपर्छ जहाँ संगति गर्न सकिन्छ भन्ने प्रकारले एउटा गुरु संगति सुरु भयो, पछि गुरु संगति पनि लामो समयसम्म जान सकेन । पछि एनसिएसको अवधारणा आयो अनि सबैको धारणा थियो कि एनसिएस चाहिँ संगति गर्ने ठाउँ होस, भेटघाट गर्ने थलो होस, सामुहिक आवाज होस अनि यसले सबैको पक्षमा परिआएको खण्डमा एउटा आवाज उठाउने थलो पनि भएको होस, सञ्चारको केन्द्रविन्दु भएको होस भन्ने हिसावले यो अवधारणा अगाडि आयो र त्यतिखेर कसैले यो चाहिँ एउटा छाता संगठन हुनुपर्छ भने पनि यो चाहिँ एउटा गलैँचा हो, जहाँ सबैजना बसेर संगति गर्न सक्छन् । यसैले गर्दा यो एउटा समाज हो, जहाँ जोे कोहि पनि आउन सक्छन्, अटाउन सक्छन् र सँगै बसेर संगति गर्न सक्छन् । एनसिएस भनेको एउटा गलैँचा हो, समाज हो, जहाँ सबै जना अटाउँछन्, सबैजना बस्न सक्छन् अनि यहाँ आएर आफ्नो कुरा राख्न सक्छन् । समाजमा भएका कमी कमजोरीलाई सुधार गर्न र एकले अर्कोलाई उत्साह दिन, समाजमा भएका कतिपय कुराहरूको संयुक्त आवाजको रुपमा उठाउन र समाजमा भएका गतिविधिहरूलाई सञ्चार गर्नका लागि एनसिएस सुरु गरिएको हो ।
विभिन्न ठाउँहरूमा इसाई समाज छ । ती स्थानीय समाज बलियो हुनुपर्छ भन्ने हिसाबले ठाउँ ठाउँमा गएर भिजिट गर्दै भेला गर्दै आएको छ । यदि संयुक्त रुपमा राष्ट्रव्यापी रुपमा आवाज उठाउनुपर्ने भए त्यो पनि गरिराखेको छ । सतावटमा परेकाहरू दुःख कष्टमा परेकाहरूलाई समाज नै मिलेर प्रार्थना गर्ने र आत्मिक भौतिक रुपले सहायता पु¥याउँदै आएको छ । समुदायमा भएका विकृतिका सम्बन्धमा अन्र्तक्रियाका कार्यक्रमहरू भइरहेका छन् । जस्तैः समलिङ्गी विवाहलाई मण्डलीले कस्तो प्रकारले हेर्ने ? साथै छुवाछुतको धारणप्रति मण्डली कस्तो हुनुपर्ने हो ? जुन अझै पनि मण्डलीमा विकृतिको रुपमा छन्, साथै गर्भपतनको सम्बन्धमा मण्डलीको धारणा के हुनुपर्छ । त्यसैगरी राज्यबाट भएका विभेदपूर्ण कार्यहरू लगायत ख्रिस्टियनहरू मर्दाखेरी गाड्ने चिहान छैन हुन त महासंघले पनि यी समस्याको समाधानका लागि पहल गरिराखेको छ । अर्को कुरा मण्डलीको सम्पत्तिलाई व्यवस्थित गर्नको लागि सरकारसँग पहल गर्ने काम पनि भइराखेको छ ।
अटेका छैनन् तर हामीले सबैलाई आग्रह गरेका छौं । वरिष्ठ पास्टरहरू सल्लाहकारको रुपमा राखेका छौं । त्यस्तै महासंघमा हुनुभएका व्यक्तिहरू पनि सल्लाहकार हुनुहुन्छ । सबैले संयुक्त रुपमा ल्याएका सल्लाहलाई केन्द्रिय समितिले यसलाई कार्यान्वयन गर्छ । यसो गर्दै गर्दाखेरि पनि कति छुटेका समुदाय छन् । यहाँ जो कोही आउन सक्छन् ।
विभिन्न ठाउँमा इसाई भएकै कारण समस्याहरू आउँदा हामी चुप लागेर बसेनौं र बस्दैनौं पनि । जस्तैः चरिकोट, सल्यानका घटनालाई हेरौं । चरिकोटको घटना थाहा पाउने वित्तिकै पहल ग¥यौं । त्यस्तै सल्यान घटनामा पनि धेरै ग¥यौं तर अन्तिममा नतिजा उल्टियो । त्यसको लागि पछिबाट महासंघसँगै मिलेर जाने कुरा भयो । एनसिएस, एनसिएफएन र महासंघ जसले गरे पनि गर्नुपर्छ तर मुख्य कुरा चाहिँ पीडितले सहयोग पाउनुपर्छ । ख्रिस्टियन समुदायमाथि आएका समस्यालाई समाधानका लागि समाज सदैंव लागि पर्दछ ।
गलैंचा चाहिँ संगतिको लागि हो । सबैले संगति गर्न पाउनु पर्छ । मुख्य कुरा चाहिँ एकै ठाउँमा बसेर संगति गर्न पाउनुपर्छ भन्ने हो । त्यसपछि गएर सञ्चारको लागि, मण्डली समुदायमा भएका कुराहरू वा गतिविधिहरू उनीहरू सामु पु¥याउन र अर्को संयुक्त आवाजको लागि पनि हो । विभिन्न ठाउँमा हुने विभेद, प्राकृतिक प्रकोपहरू पर्दा एकै ठाउँमा बसेर संयुक्त आवाज बुलन्द गर्दै एकअर्कालाई सहायता पु¥याउन आउनुपर्छ ।
महासंघ आफ्नै ठाउँमा र ख्रीष्टियन समाज आफ्नै ठाउँमा छ, त्यस्तै एनसिएफएन पनि आफ्नै स्थानमा छ । एनसिएसले गर्ने काममा एनसिएफएन र महासंघले सहयोग गर्ने त्यस्तै एनसिएफएनले गरेको काममा महासंघ र एनसिएसले र महासंघले गरेको काममा एनसिएस र एनसिएफएनले सहयोग गर्ने भनेर सहमति पनि भएको हो । एकले अर्कालाई हस्तक्षेप नगर्ने बरु एक अर्कामा सहकार्य र छलफलका साथ अघि बढ्ने भन्ने थियो तर व्यवहारिकतामा आउन सकेन । बुझनुपर्ने कुरा के हो भने विर्गानु पर्ने हो भने एक दुई शब्द बोलेर विगार्न सकिन्छ तर असल कामको लागि समय त लागिहाल्छ नि ! त्यसको लागि प्रयासहरू जारी राख्नै पर्छ । हाल त्यति प्रयास भएको छैन तर प्रयास निरन्तर भइरहनु पर्छ । कतिपय अवस्थामा काम गर्ने शैली र तरिकाको कारण पनि एकै ठाउँमा आउन सक्ने अवस्था हुँदैन । तर सँगै बस्दै सरसल्लाह गर्दै अगाडि बढ्यो भने राम्रो हुन्छ । त्यसैले भविष्यमा यो कुरा पनि म असम्भव देख्दिन, संभव छ ।
युवाहरू भनेको आजको मण्डली हो । आजकै उर्जा बोकेको पुस्ता हो । युवाहरूमा जोश छ तर जोश मात्र भएर पुग्दैन, होस पनि पु¥याउनु पर्छ । हाम्रो अग्रजहरूमा होस छ, अनुभव छ । त्यसैले युवाहरूको जोश र अग्रजहरूको होशलाई सँगै मिलाएर लानुपर्छ । जसले धेरै कुराहरू गर्न सक्छन् तसर्थ हाल एनसिएसले युवा समाजहरू बनाएको छ र निकट भविष्यमा युवाको वृहत भेला बोलाउने तयारी गरेको छ ।
धेरैको सोंचमा यस्तो हुन्छ कि युवाहरूसँग जोश हुन्छ तर उनीहरू होस पु¥याउँदैनन् । तर यसको मतलब यो होइन कि सबै युवाहरू एउटै हुन्छन् । कति जवानहरूले मण्डलीमा सेवा पु¥याइरहेका पनि छन् । ती व्यक्तिहरूले सोच्न थालिसके कि अब हामीले पनि युवाहरूलाई स्थान दिनुपर्छ । हामी आशा गरौं, अबका दिनमा सोचाइमा मात्र होइन व्यवहारमा पनि लागू भएको होस् । निर्णय लिंदा उहाँहरूलाई समेट्न सक्यो भने उहाँहरूप्रति उपयुक्त हुन्छ नत्र भने उहाँहरूप्रति थुपारिएको हो भन्ने सोच्नुहुन्छ । मन लागे गरौं नलागे नगरौं भन्ने भावना हुन्छ ।
युवाहरू भनेको भविष्यको नभई वर्तमानको मण्डली हो । युवाहरूमा भएको जोश जाँगर परमेश्वरको राज्य विस्तारमा खर्चिनु पर्दछ । युवाहरूले आफ्ना अग्रजहरूको सरसल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ । यदि गल्ती भयो भने नम्रतामा स्वीकार्नु पर्छ । सेवकाइमा सफल हुने सबैभन्दा साँचो कुरा भनेको त्यहि हो । अर्को माफी माग्ने, ढाकछोप गरेर नराख्ने । जवानहरूको जोशलाई सदुपयोग गर्नुपर्छ तर दुरुपयोग गर्नुहुँदैन । युवाहरूलाई अवसर दिनुपर्छ । युवाहरूले केही गर्न सक्दैन भन्ने मानसिकतालाई हटाउनुपर्छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४