ललितपुर २५, बैसाख ।। ख्रीष्टियन जर्नलिस्ट फेलोसिप द्वारा आयोजित दुई दिने ख्रीष्टियन मिडिया सम्मेलन आज मंगलबार ललितपुरमा सुरु भएको छ ।
काठमाण्डौँ उपत्यकामा रहेका ख्रीष्टियन मिडियाकर्मीहरुको सहभागितामा ख्रिष्टियन जर्नलिस्ट फेलोसिप नेपालले दुई दिने मिडिया सम्मेलनको आयोजना गरेको हो ।
आयोजित दुई दिने सम्मेलनमा ख्रीष्टियन मिडियाको संघर्ष र अवसर सहित ख्रीष्टियन मिडियार्कीहरुले इसाई समुदायको पक्षमा खेल्नुपर्ने महत्वपूर्ण भुमिकाको विषयमा छलफल गरिनेछ । ख्रीष्टियान मिडियालाई आत्मनिर्भर बनाउन र आफ्नै सेटालाइट टि.भि सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ ।
ख्रीष्टियन मिडिया सम्मेलनको पहिलो दिन एन.सि एफ नेपालका महाससचिव सेर ए.सीले ख्रीष्टियन मिडियाकर्मीहरुको लेखन र प्रस्तुतिकरणमा ध्यान पु¥याउनुपर्ने विषयमा बोल्नुभएको थियो ।
त्यसैगरी नेपाल ख्रीष्टियन समाजका उपमहासचिव राजेन्द्र मल्लले ख्रीष्टियन पत्रकारहरु ज्योतिको रुपमा भएर सकारात्मक समाचार सम्प्रेशन गर्नुपर्छ भन्ने विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट बचन बोल्नुभएको थियो । भर्चुवल माध्यमबाट पनि जोडिन सकिने दुई दिने सम्मेलन भोली २६ गते बुधबार सकिनेछ ।