२०८२ फाल्गुन २३, शनिबार
2026 March 7, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

लम्किचुहामा ख्रीष्टमस र्याली तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लम्किचुहा, कैलाली, २४ डिसेम्बर २०२२ । कैलालीको लम्किचुहामा वृहत ख्रीष्टमस र्याली र ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम र जनप्रतिनिधि सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।

लम्किचुहा इसाई समाजको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता इसाई समाजका अध्यक्ष पा. देवेन्द्र रानाको रहेको थियो भने सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेशसभा सदस्य समानुपातिकबाट निर्वाचित सदस्य माननीय टीका थापा र कार्यक्रमको विशिष्ट अतिथिमा लम्किचुहा नगरपालिका उपप्रमुख जुना चौधरी हुनुहुन्थ्यो । साथै कार्यक्रममा लम्किचुहा वडा नं. एकबाट निर्वाचित वडा अध्यक्ष नेत्र खनाल अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो ।

सो कार्यक्रममा लम्किचुहा नगरपालिका भरि रहेका स्थानीय मण्डलीहरुको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । कर्णाली ए. जि. चर्चका पास्टर जित ब. ओडले सुरुको प्रार्थना गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...