२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जनजागरण र सामाजिक एकताबिच एकीकरण, अध्यक्षमा सि.वि. र महासचिवमा वि.पी. रहने

१६ अप्रिल २०२२, काठमाडौं । जनजागरण पार्टी नेपाल र सामाजिक एकता पार्टी नेपालबिच आज बैशाख ३ गते शनिबारका दिन शंखमुलस्थित एवान पार्टी प्यालेसमा आयोजना गरिएको पार्टी एकीकरण घोषणा सभामा १३ बुँदे सहमतिका साथ सम्पन्न भएको छ ।

सो पार्टी एकीकरण घोषणा सभामा नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. हनोक तामाङले दुई पार्टीबीच भएको तेह्र बुँदे सहमति पत्र पढेर दुई पार्टी एकीकृत भएको घोषणा गर्नुभयो । एकीकृत पार्टीको नाम सामाजिक एकता पार्टी नेपाल रहने सहमति भएको छ भने एकीकृत पार्टीको अध्यक्षमा सि.वि. गहतराज र महासचिवमा डा. वि.पी. खनाल रहनुहुनेछ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन रहनुहुनेछ । सो १३ बँुदे घोषणा पत्रमा जनजागरण पार्टीका अध्यक्ष डा. वि.पी. खनाल र सामाजिक एकता पार्टीका अध्यक्ष सि.वि. गहतराजले हस्ताक्षर गर्नु भएको छ । एकीकृत पार्टीको झण्डा, लोगो, विधान, सिद्धान्त, दर्शन र चुनाव चिन्ह जनजागरण पार्टीको नै यथावत रहने भएको छ ।

समान विचारधारा र सिद्धान्त बोकेका राजनीतिक दलहरूसँग सहकार्य र एकता गर्ने पार्टीले नीति लिएको अध्यक्ष गहतराजले सो घोषणा सभामा बताउनु भयो । पार्टी पङ्तिका अन्य पदाधिकारीहरू र सदस्यहरूलाई समायोजन गर्दै लैजाने जनाइएको छ । पार्टी एकीकरण घोषणा सभामा अध्यक्ष गहतराजले अब यो नयाँ पार्टीभित्र तेरो मेरो होइन अब हाम्रो भन्ने भावना निर्माण गर्दै जाने भन्नुहुँदै एकीकृत पार्टी देशकै एक शक्तिशाली र निर्विकल्प पार्टी बनाउने दाबी गर्नुभयो । उहाँले एकीकृत पार्टीमा सामुहिक नेतृत्व हुने, फुट, उपगुट र विभाजनको मानसिकताबाट पार्टीलाई सधैं अलग राख्ने प्रतिवद्धता समेत गर्नुभयो । पार्टीमा एकल निर्णयले प्रश्रय पाउनेछैन, देश र जनताको पक्षमा पार्टीले गर्ने कुनै पनि निर्णय प्रेममा रहेर, पार्टी पङ्तिमा छलफल गरी सर्वसम्मत निर्णय गरेर मात्र पार्टीले कार्य सम्पादन गर्ने कुरा अध्यक्षले घोषणा सभामा भन्नुभयो ।

पार्टी एकिकरण घोषणा सभामा डा.वि.पी. खनालले नेपाली समुदायको चाहना अनुरुप पटक–पटकको छलफल र सम्वादपछि दुई पार्टीबिच एकीकरण भएको बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिदेखि निराश बनेका नेपाली जनताहरूको लागि सामाजिक एकता पार्टी एक आशा बन्न सक्ने औंल्याउनुभयो ।

 

स्मरण रहोस्, सो सभालाई सहमहासचिव विदुर अधिकारीले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो भने राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यवाहक अध्यक्ष रेभ. फिलेमोन क्षेत्रीले एकीकरण सार्थक होस् भनी प्रार्थनामा अगुवाई गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...