२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ नेपालको युवा तथा महिला विभागले पायो पूर्णता

चितवन, ७ अप्रिल २०२२ । एनसीएफ नेपालको चितवनमा जारी ६२औं अधिवेशन तथा साधारण सभाबाट एनसिएफ नेपालको केन्द्रिय युवा विभाग र महिला विभागलाई पूर्णता दिएको छ ।

हिजो मध्यरातीसम्म भएको रस्साकस्सीपछि राष्ट्रिय युवा विभागको अध्यक्षमा ज्ञान बहादुर (लाजरस) तामाङ, उपाध्यक्षमा निमराज जैसी, सचिवमा मरिया गुरूङ, कोषाध्यक्षमा किशोर शाही, सदस्यहरूमा डा. आनन्द राई, अरूण थापा, ईश्वर पाख्रिन चयन हुनुभएको छ ।

त्यसैगरी केन्द्रीय महिला विभागमा ज्योति भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हुनुभएको छ भने उपाध्यक्षमा अन्जना राई, सचिव कल्पना पोखरेल, सह–सचिव सुन्दरी दास, कोषाध्यक्ष माया गुरूङ र सदस्यहरूमा संगीता पाण्डे, भुवन कुमारी तामाङ र सुलोचना तामाङ चयन हुनुभएको छ ।

एनसिएफ नेपालको केन्द्रीय कार्य समितिको चयन भने आज हुनेछ भने ६२औं अधिवेशन तथा साधारण सभा पनि आज नै सम्पन्न हुँदैछ ।

समाचार र फोटो श्रोतः  हाम्रो आशिष्

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...