२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

निर्वाचन आयोगमा सामाजिक एकता पार्टी दर्ता

काठमाडौं, १७ फेब्रुअरी २०२२ । सि.बि. गहतराज नेतृत्वको नव गठित सामाजिक एकता पार्टी नेपाल विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

आज बिहान पार्टीका अध्यक्ष सि. बि. गहतराज, वरिष्ठ उपाध्यक्ष बिर बहादुर तामाङको नेतृत्वमा पार्टी पदाधिकारीसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका छन् । निर्वाचन आयोगमा सामाजिक एकता पार्टी नेपालको दर्ता नम्बर १८० रहेको छ । गत फागुन ३ गतेका दिनमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।

पार्टी दर्ताको प्रमाणपत्र बुझेपछि अध्यक्ष सि. बि. गहतराजले अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै धार्मिक समुदायसँग जोड्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालको संविधान २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउँदै समाजमा रहेका सबै खालका बिभेदका अन्त्य गरी सामाजिक एकतालाई उच्च सम्मान गर्दै समृद्ध नेपाल निर्माण गर्ने उद्देश्यका साथ यो पार्टी गठन भएको हो ।’

साथै आफ्नो पार्टी अब बैशाखमा हुन लागेको स्थानीय निर्वाचनमा केन्द्रित हुने पनि बताउनुभयो । भर्खरै दर्ता भएको सामाजिक एकता पार्टीमा २१ सदस्यीय पदाधिकारी रहनेछ भने १५१ सदस्यीय केन्द्रिय समिति रहनेछ । यो पार्टीले चुनाव चिन्ह गितार लिएको छ ।

स्मरण रहोस् यस पार्टीका अध्यक्ष सि.बि. गहतराजले केहि दिन अघि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय अध्यक्ष पदबाट राजिनामा दिनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...