२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको ख्रीष्टमस महोत्सवमा राष्ट्रपति भण्डारी सहभागी

काठमाडौं, २५ डिसेम्बर २०२१ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा आज आयोजित बृहत ख्रीष्टमस महोत्सव– २०७८ नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भब्यताका साथ काठमाडौंस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), महासंघका प्रवासी तथा गैह्र आवासीय विभाग प्रमुख रेभ. डा. प्रकाश मेघी गुरुङ्ग बिशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको सो समारोहलाई राष्ट्रपतिले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको थियो । राष्ट्रपतिको स्वागत र सम्मानमा पञ्चे बाजा बजाइएको थियो भने सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।

सो ख्रीष्टमस महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले ख्रीष्ट जन्मोत्सवको अवसरमा ख्रीष्टियन धर्मालम्बी लगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तब्य राख्नुको साथै नेपाली ख्रीष्टियन समुदायले देशलाई शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रहरूमा र देश विकासमा उल्लेख्नीय योगदान पुर्याएकोमा धन्यवाद ज्ञापन समेत गर्नुुभएको थियो । त्यसैगरी मन्त्री महेश्वर जंग गहतराज (अथक)ले ख्रीष्टमसको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सहअध्यक्ष तथा ख्रीष्टमस महोत्सवका संयोजक रीता थापा मगरले स्वागत मन्तब्य राख्नुभएको थियो भने महासंघका प्रवासी तथा गैह्र आवासीय विभाग प्रमुख रेभ. डा. प्रकाश मेघी गुरुङ्गले उत्साहको वचन परमेश्वरको वचनबाट बोल्नुभएको थियो । उक्त कार्यक्रमलाई उपमहासिचव एवम् प्रवक्ता पा. उद्धव चिमोरियाले सञ्चालन गर्नुभएको थियो सो समारोहमा सुरुवातको प्रार्थना महासंघका बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले गर्नुभएको थियो । ख्रीष्टमस सम्बन्धीका भजन गीतहरू केन्द्रिय सदस्य अनिल राईको क्वायर झुण्डले अगुवाई गर्नुभएको थियो ।

विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरू, सदस्यहरू, विभिन्न पार्टीका पदाधिकारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको सो ख्रीष्टमस समारोहका सभापति एवं महासंघका अध्यक्ष सि.बि गहतराजले धन्यवादको छोटो मन्तब्य राखेर कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । सो कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउनु हुने दश जना व्यक्तित्वहरूलाई राष्ट्रपतिको हातबाट सम्मान गरेर कदर पत्र दिइएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...