२१ डिसेम्बर २०२१, ललितपुर । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव, एवम् जनता समाजवादी पार्टीका केन्द्रीय सचिवालयका सदस्य आङकाजी शेर्पाले नेपाली ख्रीष्टियनहरुको मुक्तिको निम्ति आफू क्रुसमा झुण्डिन पनि तयार रहेको बताउनुभएको छ ।
मंगलबार नेपाल प्रेस सोसाइटी र मिडिया एड्भोकेसी फोरम नेपालले संयुक्त आयोजना गरेको ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताउनुभएको हो ।
‘नेपाली ख्रीष्टियनहरुले बाइबल बोक्न नपाउने, आफ्नो धर्मको प्रचार गर्न र धार्मिक अभ्यास गर्न नपाउने यो कस्तो धर्मनिरपेक्षता हो । उहाँले भन्नुभयो – ख्रीष्टियनहरुले वडादिन ख्रीष्टमसको बिदाको लागि जहिल्यै सरकारलाई गुहार्न पर्ने यो कस्तो राज्य हो भनि उहाँले प्रश्न गर्नुभएको छ ।
नेपाली अल्पसंख्यक ख्रीष्टियनहरुको पहिचान, हकहित र अधिकारका प्राप्तिको लागि सडकमार्फत आन्दोलनको शुरुवात गरेमा म त्यसको पक्षमा पहिलो आन्दोलनको सहयात्री हुनेछु’ – उहाँले भन्नुभयो, ख्रीष्टियनहरुको धार्मिक आस्थाको स्वतन्त्रता कुण्ठित भएको छ । न पहिचान छ न लाश गाड्ने चिहान छ यो कस्तो न्याय हो ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वरिष्ठ पत्रकार शन्तराम बिडारीले सबै धर्म असल आचरण सिकाउने स्रोत भएको हुँदा व्यक्तिले आफ्नो आस्थाका कारण राज्यबाट विभेद भोग्नु विडम्बना भएको बताउनुभयो । उहाँले एक असल संचारकर्मीले आफ्नो समाचार वा प्रसारित सामाग्रीले सबै धर्मको आस्थामा आँच आउने र धार्मिक सद्भावमा खलल् पुर्याउन नहुने बताउनुभयो ।
माफ नेपालका अध्यक्ष विदुर अधिकारीले धार्मिक सहिष्णुता कायम गर्न पत्रकारहरुले आफ्नो पत्रकारिताको धर्म निभाउनु पर्ने बताउनुभयो । कार्यक्रममा ख्रीष्टमसको अवसरमा आमन्त्रित अतिथिले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
पत्रकार कुमारसिंह बिष्टको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ गजल गायक आनन्द कार्की, नेपाल प्रेस सोसाइटीका अध्यक्ष केशव लुइँटेल, नेपाल पत्रकार महासंघ ललितपुरका पूर्वसचिव सविन शर्मा, आशा नेपालका संस्थापक विमला थापा, विनिप्रप सेवकाई नेपालका संस्थापक चेत बहादुर खरेल, सुन्दर नेपाल सरसफाई अभियानका राष्ट्रिय संयोजक वीर बहादुर तामाङ, विभिन्न पार्टीका नेता लगायत समाजसेवीहरुको सहभागिता रहेको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४