२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

राष्ट्रिय गिर्जाघर महागुठी नेपालको ख्रीष्टमस कार्यक्रम सम्पन्न

२१ डिसेम्बर २०२१, ललितपुर । राष्ट्रिय गिर्जाघर महागुठी नेपालले आयोजना गरेको ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सो ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री भुसालले राज्यको कुनै धर्म नहुने तर व्यक्तिको हुने भएकोले राज्यले नागरिकको धार्मिक आस्थाको समान सम्मान गर्नुपर्ने कुरा राख्दै आफूहरुको जनयुद्ध त्यसैको लागि भएको उल्लेख गर्नुभयो । नेपाली ख्रीष्टियनहरुले आफ्नो हक र अधिकार पाउन संघर्ष गर्नु पर्ने बताउनुभयो ।

नेपाली ख्रीष्टियन समुदाय भित्रका बिभिन्न मण्डली सम्प्रदायहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको सो शुभकामना आदान प्रदान कार्यक्रमा नेपालका विभिन्न मुख्य राजनीतिक दलहरुको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो भने सो समारोहमा उहाँहरुले पनि आआफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सो कार्यक्रममा रेभ. डा. बालकृष्ण शर्माले धर्मशास्त्र बाइबलबाट बोल्दै ख्रीष्ट जन्मिनु पर्नाको बारेमा प्रकाश पार्नुभएको थियो । एनसिएफ नेपालका अध्यक्ष रेभ. हनोक तामाले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो भने महागुठीका अध्यक्ष रेभ. प्रकाश सुब्बाले महागुठी किन आवश्यक छ भन्ने बारे प्रकाश पार्नुभएको थियो ।

पास्टर पदमनाथ पराजुली कार्यक्रम संयोजक रहनु भएको यस कार्यक्रमको सञ्चालन पास्टर उदयराज भाट र पास्टर रुपनारायण तिम्सिनाले गर्नुभएको थियो । पास्टर किरण दासले स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रमका बिच बिचमा गीत संगीत र नृत्य पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

  कार्यक्रमको अन्त्यमा सभाको अध्यक्षता गर्नुभएका रेभ. मिनराज दुलालले धन्यवाद दिनुभएपछि पास्टर चन्द्रमान नेपालीले अन्तिम प्रार्थना गर्नुभएपछि कार्यक्रम समापन भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...